National life
cg eloctronics

गरिमा विकास बैंकको वितरणयोग्य नाफामा १४५% को उछाल, निक्षेप १ खर्ब नाघ्यो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२६ दिन अगाडि|१५ कात्तिक २०८३, आइतबार
4.2kShares
गरिमा विकास बैंकको वितरणयोग्य नाफामा १४५% को उछाल, निक्षेप १ खर्ब नाघ्यो
muktinatha bikash bank

काठमाडौं । गरिमा विकास बैंकको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा वितरणयोग्य नाफामा उल्लेख्य सुधार भएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा नियामकीय समायोजनपछिको वितरणयोग्य नाफा १४५ प्रतिशतले बढेर ८ करोड ९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा ३ करोड ३० लाख रुपैयाँ थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3

बैंकको निक्षेप संकलनमा पनि सुधार देखिएको छ। गत असार मसान्तमा ९८ अर्ब ४७ करोड रुपैयाँ रहेको ग्राहक निक्षेप ३.११ प्रतिशतले बढेर असोज मसान्तसम्म १ खर्ब १ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ। यससँगै बैंकको निक्षेप १ खर्ब रुपैयाँ नाघेको छ।

everest bank

बैंकको शुल्क तथा कमिसन आम्दानीमा समेत उल्लेख्य वृद्धि भएको छ। समीक्षा अवधिमा यस्तो खुद आम्दानी ३३.३१ प्रतिशतले बढेर १५ करोड २४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले यस शीर्षकबाट ११ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको थियो।

त्यस्तै, कर्जा तथा अन्य नोक्सानीबापतको इम्पेयरमेन्ट खर्च २३.६८ प्रतिशतले घटेर २५ करोड ४२ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यस्तो खर्च ३३ करोड ३१ लाख रुपैयाँ थियो। खर्चमा आएको करिब ७ करोड ८९ लाख रुपैयाँको कमीले बैंकको नाफामा सकारात्मक योगदान पुर्‍याएको छ।

समीक्षा अवधिमा बैंकको खुद नाफा भने २४ करोड १ लाख २४ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा २५ करोड ५ लाख ७५ हजार रुपैयाँ रहेको खुद नाफा यसपटक ४.१७ प्रतिशत घटेको हो। त्यस्तै, खुद ब्याज आम्दानी ९२ करोड ८ लाख रुपैयाँ र सञ्चालन नाफा ३४ करोड २१ लाख रुपैयाँ कायम भएको छ।

बैंकको कुल वितरणयोग्य नाफा ८ करोड ३२ लाख रुपैयाँ पुगेको छ। वार्षिकीकृत प्रतिसेयर वितरणयोग्य नाफा ५.०३ रुपैयाँ रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५५.६८ रुपैयाँ छ।

बैंकको चुक्तापुँजी ६ अर्ब ६२ करोड ३४ लाख रुपैयाँ रहेको छ भने पुँजी पर्याप्तता अनुपात १२.८४ प्रतिशत कायम भएको छ।

यो समाचार शेयर गर्नुहोस्
4.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?