काठमाडौँ । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज आज पुस २१ गते अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कोषले २२ गते बुक क्लोज गर्दै छ।
यसर्थ आजसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्। नागरिक लगानी कोषले शेयर धनीलाई हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश समेत गरी कुल १३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ।
उक्त प्रस्तावित लाभांश पारितका लागि कोषले यही पुस २९ गते सोमबार कोषले आफ्नो केन्द्रीय कार्यालय, नयाँ बानेश्वर काठमाडौँमा बिहान ११ बजेका लागि तिसौँ वार्षिक साधारण सभा आह्वान गरिसकेको छ।



































