National life
cg eloctronics

कोषको कार्यकारी निर्देशक कार्कीको पदबहाली

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|०५ भदौ २०८३, शुक्रबार
1.9kShares
कोषको कार्यकारी निर्देशक कार्कीको पदबहाली
muktinatha bikash bank

काठमाडौं । नागरिक लगानी कोषका नवनियुक्त कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले शुक्रबार पदबहाली गर्नु भएको छ । पदबहालीको अवसरमा उहाँले सुशासन र सेवा प्रवाहलाई प्रभावकारी रूपमा सञ्चालन गर्न कोषले गर्दै आएको कार्यलाई अझ चुस्त र पारदर्शी रूपमा अघि बढाउने बताउनुभयो ।

साथै कोषमा रहेको ठूलो फण्डलाई सरकारका प्राथमिकतामा रहेका परियोजना र उत्पादनशील क्षेत्रमा परिचालन गरी मुलुकको आर्थिक विकासमा कोषले योगदान पु¥याउन विशेष जिम्मेवारीको साथ कार्य गर्नुपर्ने बताउनुभयो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

कार्यकारी निर्देशक कार्कीले आफूले यो भन्दा अघि पनि कोषको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहि सकेकोले कोषको बारेमा आफू जानकार रहेको हुँदा आगामी दिनमा कोषलाई थप प्रभावकारी रूपमा अघि बढाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँलाई नेपाल सरकार, मन्त्रिपरिषदको २०८३।०५।०३ गतेको बैठकले कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?