National life

राष्ट्रिय वाणिज्य बैंकमार्फत विदेशबाट अब निशुल्क मनी ट्रान्सफर गर्न सकिने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२२ साउन २०८०, सोमबार
501Shares
राष्ट्रिय वाणिज्य बैंकमार्फत विदेशबाट अब निशुल्क मनी ट्रान्सफर गर्न सकिने
ncell

काठमाडौं । उत्कृष्ठ बैंकिङ्ग सेवा प्रवाह गर्दै आइरहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्ना ४० लाख भन्दा बढी ग्राहकलाई डिजिटल बैंकिङ्ग मार्फत नयाँ नयाँ सुविधाहरु दिदै आइरहेको छ । र्बैंकले आफ्नो वेवसाइट, मोवाईल बैंकिङ्ग ९डिजिटल संसार० तथा ईन्टरनेट बैंकिङ्गको पोर्टलमा रहेको ‘आरबीबी रिक्वेस्ट रेमिट’बाट सजिलै अमेरिका, अष्ट्रेलिया, युरोप, गल्फ लगायत विश्वको जुनसुकै देशमा बस्ने व्यक्तिले एक क्लिकमा नेपालमा रेमिट्यान्स पठाउन सकिने भएको छ ।

यो सुविधा अन्तर्गत विश्वको जुनसुकै देशमा रहेका व्यक्तिले आफ्नो क्रेडिट कार्ड, डेबिट कार्ड, बैंक डिपोजिट, अनलाइन बैंकिङ्ग र ट्रान्सफर प्रयोग गरी बैंकको ‘आरबीबी रिक्वेस्ट रेमिट’ पोेर्टलको क्भलम च्झष्त मार्फत रकम पठाउन सक्नेछन् । साथै, नेपालमा बस्ने व्यक्तिले पनि विदेशमा बस्ने आफन्तलाई रकमका लागि यो पोर्टल मार्फत अनुरोध गर्न सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसरी रकम पठाउँदा ग्राहकलाई कुनै पनि शुल्क लाग्ने छैन भने रेमिट्यान्स पठाएको केही मिनेटमै नेपालमा रहेको कुनै पनि बैंक खातामा ९ग्राहकले भरेको० रकम डिपोजिट हुनेछ । ग्राहकले विनिमय सटही दर पनि हेर्न सक्नेछन् । राष्ट्रिय वाणिज्य बैंक र ललित मनि ट्रान्सफरको सहकार्यमा यस्तो सुविधाको व्यबस्था भएको हो । यस कार्यकालागि ललित मनि ट्रान्सफरको विदेशी साझेदारी अनलिमिटेड रेमिटसँग रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
501SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?