National life

राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक,मुद्दति निक्षेपमा अधिकतम १०.९९ प्रतिशत ब्याजदर

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|३२ साउन २०८०, बिहिबार
478Shares
राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक,मुद्दति निक्षेपमा अधिकतम १०.९९ प्रतिशत ब्याजदर
ncell

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा भदौ महिनाको लागि ब्याजदर बढाएर सार्वजनिक गरेको हो ।

बैंकले भदौ महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.९९ प्रतिशतदेखि अधिकतम ६.६ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले साधारण बचत खातामा ब्याज स्थिर राखेपनि मुद्दति निक्षेपमा भने बढाएको छ । बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । यसअघि सोही ब्याजदर ६.९९ र ८.९९ प्रतिशत थियो । बैंकले रेमिट्यान्स बचत खातामा १०.९९ प्रतिशत ब्याजदर तोकेको छ ।

बैंकले कर्जाको ब्याजदरमा भने बेसरेटमा अधिकतम ३.७५ प्रतिशत र न्यूनतम १.५ प्रतिशतसम्म प्रिमियम लिने भएको छ । बैंकले आधार दरमा प्रिमियम जोडेर कर्जाको ब्याजदर कायम गरिने जनाएको छ । बैंकको आधार दर ८.०२ प्रतिशत रहेको छ । हाल बैंकको ब्याजदर अन्तर ३.९८ प्रतिशत छ ।

 

यो समाचार शेयर गर्नुहोस्
478SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?