National life

सिटिजन्स बैंकले यस वर्ष पनि सेयरधनीको हात खाली नगर्ने सम्भावना, व्यापार विस्तारको क्रम तीव गतिमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ साउन २०८१, बिहिबार
511Shares
सिटिजन्स बैंकले यस वर्ष पनि सेयरधनीको हात खाली नगर्ने सम्भावना, व्यापार विस्तारको क्रम तीव गतिमा
ncell

काठमाडौं। प्रतिकुल अवस्थामा पनि सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सन्तोषजनक प्रगती गरेको छ । बैंकले गत आर्थिक वर्षको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै १ अर्ब ३४ करोड २४ लाख रुपैयाँ नाफा कमाएको जनाएको छ ।

यो अघिल्लो वर्षको भन्दा २७ प्रतिशत कम हो । देशमा आर्थिक मन्दी, खराब कर्जाको वृद्धि दर, बढी ब्याजदरका कारण कर्जाको माग घट्नु र राष्ट्र बैंकको कसिलो नीतिका कारणले गर्दा धेरै बैंकहरुको नाफामा असर परेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसैको कारण सिटिजन्सको पनि मुनाफा केही घटेको हो । तर, तुलनात्मक रुपमा यो गिरावट खासै ठूलो देखिंदैन । केही बैंकहरुको नाफा ५० प्रतिशतसम्म घटेको छ ।

पछिल्ला वर्षहरुमा निकै राम्रो व्यापार विस्तार गर्दै अघि बढेको सिटिजन्सले हरेक वर्ष लगानीकर्तालाई लाभांश दिंदै आएको छ । त्यसैले बैंकले यस वर्ष पनि सेयरधनीको हात खाली नगर्ने सम्भावना छ । कम्पनीको लाभांश क्षमता ६१ करोड ६१ लाख रुपैयाँ देखिएको छ । यता, अधिकांश बैंकहरुको लाभांश दिनसक्ने क्षमता निकै कम छ । जसमध्ये ४ वटा बैंकको उक्त क्षमता ऋणात्मक छ । त्यसमध्ये यसले उक्त क्षमता घनात्मक हुने निकै राम्रो मान्न सकिन्छ ।

कर्जा परिचालन तथा निक्षेप संकलनमा बैंकले राम्रो प्रगती गरेको छ । यसको निक्षेप संकलन १ खर्ब ८९ अर्ब भन्दा धेरै छ । त्यसैगरी, कर्जा परिचालन पनि १ खर्ब ५३ अर्ब रुपैयाँ भन्दा धेरै नै छ । यसको अर्थ बैंकले व्यापारमा सुधार देखिएको छ । २०७६-७७ मा यो बैंकले कुल ९२ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । ४ वर्षमा निक्षेप संलन ९७ अर्ब ३ करोड रुपैयाँले बढेको छ । त्यसैगरी, कर्जा परिचालन पनि ७२ अर्ब ४ करोड रुपैयाँले बढेको छ ।

छोटो समयमा बैंकको निक्षेप संकलन र कर्जा परिचालन क्रमशः १०५ प्रतिशत र ८८ प्रतिशत पुगेको छ । यो निकै आक्राम व्यापार विस्तार हो । बैकले शाखा विस्तार गरेर सर्वसाधारणलाई धेरै सहज सेवा उपलब्ध गराएको छ । यता, बैंकले पछिल्लो ४ वर्षमा ५६ प्रतिशतले चुक्ता पुँजी वृद्धि गरेको छ । २०७६-७७ मा ९ अर्ब ८ करोड ९८ लाख रहेको पुँजी अहिले बढेर १४ अर्ब २० करोड पुगेको हो ।

गत आर्थिक वर्षमा बैंकले बाग्मती प्रदेशमा ४, गण्डकी प्रदेशमा २, कर्णाली प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा २ गरी ९ वटा थप शाखाहरु संचालनमा ल्याएको छ । बैंकका अनुसार हालसम्म यसको शाखा कार्यालय संख्या १९७, एटीएम १६२, एक्सटेन्सन काउन्टर ३ वटा र ९७ वटा शाखा रहित बैंकिङ सेवा उपलब्ध गराउदै आएको छ ।

यता, बेस रेट जम्मा ८.२६ प्रतिशत देखिएको छ । एनपीएल ४.०७ प्रतिशत छ । सीडी रेसियो ८१.८४ प्रतिशत छ । यसको अर्थ बैंकसँग थुप्रै लगानीयोग्य रकम रहेको बुझ्न सकिन्छ । बैंकले सार्वजनिक गरेको रिपोर्ट अनुसार यसको प्रतिसेयर आम्दानी ९.४५ रुपैयाँ रहेको छ । भने, नेटवर्थ १५१.८१ रुपैयाँ छ । यसको आरओई ६.२६ प्रतिशत छ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
511SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?