National life

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

नेपाल–चीन व्यापार सम्बन्धमा ठूलो व्यापार घाटा रहेको संकेत गर्दछ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|०९ असार २०८३, मङ्गलबार
970Shares
चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब
ncell

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा असन्तुलन झन् गहिरिँदै गएको देखिएको छ । भन्सार विभागको चालु आर्थिक वर्षको पहिलो ११ महिनाको तथ्यांक अनुसार चीनबाट ठूलो परिमाणमा वस्तु आयात भए पनि निर्यात भने अत्यन्त न्यून रहेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार समीक्षा अवधिमा नेपालले चीनबाट ३ खर्ब ८२ अर्ब रुपैयाँभन्दा बढी मूल्यका वस्तु आयात गरेको छ । तर सोही अवधिमा चीनतर्फ नेपालको निर्यात भने १ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी मात्रै रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
रकमका आधारमा चीन नेपालको प्रमुख निर्यात गन्तव्यहरूको सूचीमा दशौं स्थानमा रहेको छ । यसले नेपाल–चीन व्यापार सम्बन्धमा ठूलो व्यापार घाटा रहेको संकेत गर्दछ ।

यता, नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भारतसँगको व्यापार पनि उच्च रहेको छ । विभागका अनुसार ११ महिनामा नेपालले भारतबाट १० खर्ब ९२ अर्ब रुपैयाँभन्दा बढी मूल्यका वस्तु आयात गरेको छ भने भारततर्फ २ खर्ब २८ अर्ब १३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ ।

तथ्यांक अनुसार भारत नेपालको सबैभन्दा ठूलो आयात स्रोत र प्रमुख निर्यात गन्तव्य बनेको छ । कुल आयातमध्ये ५७.७ प्रतिशत हिस्सा भारतको रहेको छ भने कुल निर्यातमध्ये ८२.१ प्रतिशत हिस्सा भारततर्फ गएको छ । व्यापार विज्ञहरूका अनुसार चीनसँगको अत्यधिक आयात र न्यून निर्यातले नेपालको व्यापार सन्तुलनमा दबाब बढाइरहेको छ । उनीहरूका अनुसार चीनतर्फ नेपाली उत्पादनको पहुँच विस्तार, निर्यातयोग्य वस्तुको उत्पादन वृद्धि तथा व्यापार सहजीकरणका उपायहरू अवलम्बन गर्न आवश्यक देखिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
970SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?