National life

पुँजी बजारलाई व्यवस्थित गर्न धितोपत्र बोर्डको आठ बुँदे प्राथमिकता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|३० असार २०८३, मङ्गलबार
1.5kShares
पुँजी बजारलाई व्यवस्थित गर्न धितोपत्र बोर्डको आठ बुँदे प्राथमिकता
ncell

काठमाडौं। नेपाल धितोपत्र बोर्डले आठ बुँदे प्राथमिकता सार्वजनिक गरेको छ। बोर्डले पुँजी बजारको संस्थागत विकास, डिजिटल प्रविधिको प्रयोग, लगानीकर्ताको पहुँच विस्तारलगायतका क्षेत्रमा काम भइरहेको जनाएको हो। 

आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमलाई समयबद्ध रुपमा कार्यान्वयन गर्ने क्रममा यी कार्यक्रमलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बोर्डले जनाएको छ।

जसअनुसार धितोपत्रसम्बन्धी कसुरको प्रारम्भिक जाँचबुझ सम्बन्धमा अन्तरनिकाय समन्वयलाई प्रभावकारी बनाउने, ‘फिनफ्ल्युन्सर’बाट बजारलाई प्रभावित पार्ने गरी सूचना प्रवाह भएको विषय तथा अनधिकृत लगानी परामर्श, भ्रामक प्रचार, सामाजिक सञ्जालमार्फत हुने बजार प्रभावित पार्ने गतिविधि तथा वित्तीय ठगीविरुद्धका कार्यमा प्रभावकारी निगरानी राख्ने जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै, सार्वजनिक निष्कासनलाई व्यवस्थित बनाउन सरोकारवाला पक्षबाट प्राप्त सुझाव समेटेर नीतिगत व्यवस्थामा सुधार गरी कम्पनीको वित्तीय एवम् व्यवस्थापकीय पक्षको वस्तुपरक अध्ययन गरी अनुमति दिने व्यवस्था मिलाइने जानकराी दिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?