National life

अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै सरकार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ वैशाख २०८१, शनिबार
635Shares
अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै सरकार
ncell

काठमाडौँ । सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया शुक्रवारदेखि प्रारम्भ भएको बताएका छन् ।

यसअघि भूकम्प पीडितका लागि अस्थायी आवासको व्यवस्था गरिएको थियो । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा शुक्रवार भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २२औँ बैठकले उक्त प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैठकले अग्निपीडितलाई दुई किस्तामा रु ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको जानकारी प्रमुख कार्यकारी अधिकृत पोखरेलले दिए । ‘विपद् प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८१’ अनुसार उक्त रकम प्रदान गरिनेछ ।

कार्यविधिअनुसार आगलागी, डढेलो, भूकम्प, बाढी, पहिरो, चट्याङ, हुरी बतासबाट घर बास गुमाएका परिवारलाई अस्थायी आवास बनाउन २५ हजारका दरले दुई किस्तामा रकम प्रदान गरिने छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
635SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?