काठमाडौँ । काठमाण्डौको बुढानीलकण्ठ, डाँडा गाउँ नगरपालिकामा रजिस्ट्रार कार्यालय रहेको क्लासिक भ्यु रिसोर्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले जारी पुँजीको १४ प्रतिशत अर्थात् १०० रुपैयाँ अङ्कित दरका १० लाख ५० हजार कित्ता आईपीओ आम सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी गरेको हो ।
यसका लागि कम्पनी र एनआईसी एशिया क्यापिटल लिमिटेडबिच आइडिया टु आईपीओ सेवाअन्तर्गत संस्थागत परामर्श सेवासहित निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।
क्लासिक भ्यू रिसोर्ट बुढानीलकण्ठ, काठमाडौँमा अवस्थित १९ रोपनीको क्षेत्रफलमा निर्माणाधीन अवस्थामा रहेको छ । हालसम्म उक्त रिपोर्टको ६५ प्रतिशत भन्दा बढी कार्य सम्पन्न भइसकेको छ ।


































