National life

सुनचाँदीको मूल्यमा गिरावट कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ असार २०८१, सोमबार
1.4kShares
सुनचाँदीको मूल्यमा गिरावट कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । सातोको दोस्रो कारोबारका दिन नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै सोमबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँ र चाँदी २० रुपैयाँ घटेको हो ।

कारोबारको अघिल्लो दिन अर्थात् आइतबारका दिन सुनको भाउ प्रतितोला १६ सय रुपैयाँ बढेको थियो । सोमबार प्रतितोला छापावाला सुन १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

Royal Enfield
nic asia capital

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजाबी सुनको भाउ १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुनको भाउ १ लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार ३२४ दशमलव ०६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलर २५ पैसामा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?