National life

विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न वाणिज्य बैंकलाई प्रोत्साहन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२३ असार २०८३, मङ्गलबार
769Shares
विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न वाणिज्य बैंकलाई प्रोत्साहन
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहित गर्ने नीति अघि सारेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था सार्वजनिक गरिएको हो।

गभर्नर डा. विश्वनाथ पौडेलका अनुसार विदेशी मुद्रा खरिदबाट प्रणालीमा आउने तरलताको व्यवस्थापनलाई प्रभावकारी बनाउन बैंकहरूलाई बाह्य ऋणपत्रमा लगानीतर्फ आकर्षित गरिनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसका साथै, विदेशी मुद्रा खरिदका क्रममा उत्पन्न हुने अतिरिक्त तरलतालाई नियन्त्रण गर्न ‘स्टेरिलाइज्ड इन्टरभेन्सन’ सम्बन्धी व्यवस्था समेत लागू गर्ने उल्लेख गरिएको छ।

केन्द्रीय बैंकको यो कदमले तरलता व्यवस्थापन सुदृढ बनाउँदै वित्तीय प्रणालीलाई थप सन्तुलित बनाउने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
769SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?