काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको ६ वर्षे विकास ऋणपत्र बिक्रीका लागि बोलकबोल आह्वान गरेको छ । कार्यालयले मंगलबार सूचना जारी गर्दै ‘विकास ऋणपत्र–२०८९’ निष्कासन प्रक्रिया अघि बढाएको हो ।
ऋणपत्रको बोलकबोल मङ्सिर ९ गते हुनेछ भने मङ्सिर १० गते निष्कासन गरिने कार्यालयले जनाएको छ ।
उक्त ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्थासहित इच्छुक व्यक्ति, फर्म, संस्था तथा कम्पनीले समेत बोलकबोलमा सहभागी हुन सक्नेछन् ।
इच्छुक खरिदकर्ताले कार्यालयको अनलाइन प्रणाली https://doms.gov.np/csd/MainTree.do मार्फत बोलकबोल पेस गर्न सक्नेछन् ।

































