National life

एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१८ साउन २०८०, बिहिबार
538Shares
एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित
ncell

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बिहीबार बसेको राष्ट्रिय सभाको बैठक पनि चल्न दिएन । प्रतिनिधिसभामा साउन १० देखि अवरोध गरिरहेको एमाले बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठकमा पनि अवरोध गरेर चल्न नदिएको हो ।

बैठकको सुरुमा बोल्दै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले गत साउन ३ गते त्रिभुवन विमानस्थल बाहिरबाट बरामद भएको एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाइनुपर्ने माग गरे ।

उनले नेपाल तस्करहरुको देशका रुपमा परिभाषित हुँदै बदनाम भइरहँदा नेपाली जनताको शिर पनि झुकेको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

श्रेष्ठले यो प्रकरणमा जोसुकै संलग्न भएपनि उनीहरुलाई कानुनी दायरामा ल्याउने गरी उच्चस्तरीय छानबिन समिति बनाउन सरकार तयार नभएपछि अवरोधमा उत्रिनुपरेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि कसैको कुरा नसुनी भ्रष्टाचारको फाइल खोल्ने भनिहरेका बेला माओवादी नेताहरु जोडिएका सुन तस्करी प्रकरणलाई ढाकछोप कोसि भएको बताए ।

क्विन्टल सुन तस्करी प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति नबनाएपछि राष्ट्रिय सभाको बैठक चल्न नदिने निर्णय भएको श्रेष्ठले भने ।

सांसद श्रेष्ठले साउन ३ गते भएको सुन तस्करी प्रकरणमा रेडी ट्रेड प्रालि नामको कम्पनीलाई सेटिङकै सामान आयात गर्न अनुमति दिइएको बताए ।

एमालेका सांसदहरुले उठेर निरन्तर विरोध गरिरहेपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले अवरोध हटाउन भनेका थिए ।

तर एमालेका सांसदहरुले विरोधबाट पछि नहट्ने अडान लिए । त्यसपछि राष्ट्रिय सभा अध्यक्ष तिमल्सिनाले साउन २२ गतेसम्मलाई बैठक स्थगित गरेका छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
538SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?