National life

अपर तामाकोशी हाइड्रोपावरको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम मौका

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ पुस २०८०, आइतबार
687Shares
अपर तामाकोशी हाइड्रोपावरको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम मौका
ncell

काठमाडौं। अपर तामाकोशी हाइड्रोपावरले आह्वान गर्दा नविकेको हकप्रद शेयरको लागि बोलकबोलमा आवेदन आज अन्तिम दिन रहेको छ ।

कम्पनीले नविकेको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामीमा आवेदन खुला राखेको छ । इच्छुक लगानीकर्ताले आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सक्ने छन् ।

यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।

Royal Enfield
nic asia capital
न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल र नागरिक लगानी कोषले गरेका छन् ।

यसअघि कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो ।

कम्पनीले पुस १३ गतेदेखि लिलामी बिक्री खुला गरेको हो । हाइड्रोपावरले सर्वसाधारण समूहको सेयर बिक्रीमा ल्याएको हो।

यो समाचार शेयर गर्नुहोस्
687SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?