National life

अब नयाँ कम्पनी निःशुल्क दर्ता गर्न सकिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०९ असोज २०८०, मङ्गलबार
501Shares
अब नयाँ कम्पनी निःशुल्क दर्ता गर्न सकिने
ncell

काठमाडौं । अब नयाँ कम्पनी निःशुल्क दर्ता गर्न सकिने भएको छ । सरकारले बजेटमार्फत घोषणा गरेको निःशुल्क कम्पनी दर्ता र पूँजी बृद्धिको व्यवस्था कार्यान्वयनमा आएको हो ।

सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी कम्पनी दर्ता र पूँजी बृद्धि गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको हो ।

राजपत्रअनुसार कम्पनी ऐन २०६३ को दफा ५ बमोजिम प्राइभेट लिमिटेड कम्पनी तथा पब्लिक लिमिटेड कम्पनी दर्ता गर्दा अब कुनै शुल्क लाग्ने छैन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सरकारले युवालाई उद्योग खोल्न प्रोत्साहन गर्ने उद्देश्यले बजेटमार्फत यस्तो व्यवस्था गरेको हो ।

नवप्रर्वतनात्मक र सूचना प्रविधिमा आधारित कम्पनी स्थापना गर्न यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

सरकारले खण्ड ५७, संख्या ७, मिति २०६४/०२/१४ को नेपाल राजपत्र भाग ५ मा सूचना प्रकाशन गरी तोकिएको कम्पनी ऐन, २०६३ को दफा ५ बमोजिम प्राइभेट लिमिटेड कम्पनी तथा पब्लिक लिमिटेड कम्पनी संस्थापना गर्दा, दर्ता भैसकेको कम्पनीले पुँजी वृद्धि गर्दा, दफा ५६ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिमके कार्य गर्दा, दफा १५४ को उपदफा (२) र (३) बमोजिम विदेशी कम्पनीले शाखा कार्यालय तथा सम्पर्क कार्यालय दर्ता गर्दा तथा दफा १६६ बमोजिम मुनाफा वितरण नगर्ने गरी कम्पनी संस्थापना गर्दा लाग्ने शुल्क तथा दस्तुर आर्थिक ऐन, २०८० को दफा १८ को उपदफा (१) बमोजिम चालु आर्थिक वर्ष २०८०/८१ को लागि पूर्ण छुट दिने निर्णय गरेकोले यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा उल्लेख गरिएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
501SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?