काठमाडौं । शनिवार अमेरिकी डलरको भाउले पुनः नयाँ रेकर्ड कायम गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज पुस १३ गते शनिबारका लागि १ अमेरिकी डलरको भाउ ९बिक्रीदर० १३७ रुपैयाँ १६ पैसा कायम भएको छ । यस्तै, खरिददर १३६ रुपैयाँ ५६ पैसा छ । यो अहिलेसम्मकै उच्च भाउ हो ।
पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ ९भारु० पनि निरन्तर कमजोर बन्दै गएको छ। भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ ।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४३ रुपैयाँ ४ पैसा रहेको छ भने खरिददर १४२ रुपैयाँ ४२ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७२ रुपैयाँ १२ पैसा र खरिद दर १७१ रुपैयाँ ३७ पैसा रहेको राष्ट्रबैंकले जनाएको छ ।

































