National life

अर्थतन्त्रमा देखिएको समस्या समाधान हुँदै गएको छ, लगानीका अवसरहरू छोपाैँ : अध्यक्ष ढकाल

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१३ कात्तिक २०८०, सोमबार
424Shares
अर्थतन्त्रमा देखिएको समस्या समाधान हुँदै गएको छ, लगानीका अवसरहरू छोपाैँ : अध्यक्ष ढकाल
ncell

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महास‍ंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विश्वव्यापी संकटको असरले नेपालको अर्थतन्त्रमा देखिएको समस्या समाधान हुँदै गएकोले नेपालमा रहेको लगानीका अवसरहरूलाई छोप्न आग्रह गरेका छन् ।

साथै उनले मुलुकमा उल्लेख्य रूपमा रेमिटेन्स भित्रिएको, पर्यटक आगमनमा सुधार भएको र बैकिङ क्षेत्रमा लगानी योग्य रकम बढिरहेकाले लगानीको वातावरणमा सुधार भइरहेको पनि बताए ।

नेपाल जनसम्पर्क समिति बेलायतद्वारा लन्डनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सामाजिक सञ्जालमार्फत् फैलिने नकारात्मक कुरालाई बेवास्ता गरि ढुक्कका साथ लगानी गर्न आग्रह गरे । उनले लगानी तथा प्रतिफलका हिसाबले नेपालमा अवसरै अवसरको सम्भावना भएकाले त्यसबाट फाइदा उठाउनको लागि ढिलाइ नगर्न पनि आग्रह गरे ।

Royal Enfield
nic asia capital

उनले नेपालमा लगानीका प्रचुर अवसरहरू भएकाले लगानी बढाउन बेलायतका गैरआवासीय नेपालीहरूलाई आग्रह पनि गरे। उनले नेपालको जलविद्युत् र पर्यटनमा लगानीको प्रतिफल उच्च रहेकाले लगानी बढाउन आग्रह गरे ।

बेलायतस्थित गैरआवासीय नेपालीको समेत लगानीमा चन्द्रागिरि हिल्स तथा केबलकार सञ्चालनमा ल्याएको चन्द्रागिरि हिल्स नेपालकै आकर्षक पर्यटन गन्तव्य बनेको र उच्च प्रतिफल दिएको उदाहरण प्रस्तुत गर्दै अध्यक्ष ढकालले लगानी बढाउन हिचकिचाउनु पर्ने कुनै कारण नरहेको बताए।

सात ओटै प्रदेशमा चन्द्रागिरि जस्तै हिल स्टेसनसहितका केबलकार परियोजना अघि बढाएको उल्लेख गर्दै अध्यक्ष ढकालले आफू जन्मे हुर्केको प्रदेशमा रहेका पर्यटकीय पूर्वाधार परियोजनामा लगानी गर्न पनि गैरआवसीय नेपालीहरूलाई आग्रह गरे ।

कास्कीको सिकलेस,ताप्लेजुङको पाथीभरा र कर्णाली चिसापानीको जालपादेवी केबलकार परियोजना निर्माणको चरणमा प्रवेश गर्न थालि सकेकाले लगानीको अवसर हातमै आइपुगेको पनि अध्यक्ष ढकालले जानकारी गराए ।

यसैगरी, गैरआवासीय नेपालीसँगको सहकार्यमा म्याग्दीमा जलविद्युत परियोजना सम्पन्न भइसकेको भन्दै उनले अन्य जलविद्युत परियोजनामा समेत लगानी बढाउन पनि आग्रह गरे ।

यो समाचार शेयर गर्नुहोस्
424SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?