National life

अस्ट्रेलियाबाट पनि हाम्रो पात्रोमार्फत रेमिटेन्स पठाउन सकिने, तीन कारोबार निःशुल्क

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ मंसिर २०८०, सोमबार
553Shares
अस्ट्रेलियाबाट पनि हाम्रो पात्रोमार्फत रेमिटेन्स पठाउन सकिने, तीन कारोबार निःशुल्क
ncell

काठमाडौँ । नेपालको लोकप्रिय एप हाम्रो पात्रोले अस्ट्रेलियामा आफ्नो रेमिटेन्स सेवा सुरु गरेको छ ।

यसअघि अमेरिकामा मात्र सीमित रहेको कम्पनीको रेमिटेन्स सेवा सोमवारदेखि अस्ट्रेलियामा समेत सञ्चालनमा ल्याइएको हो । नेपाल रेमिटेन्स पठाउन सकिने यो सेवाको अमेरिकामा सफल सञ्चालनसँगै अस्ट्रेलियामा समेत सुरु गरिएको कम्पनीले जनाएको छ ।

“अस्ट्रेलियामा रहेका ग्राहकको स्वागतार्थ हाम्रो रेमिटेन्स सेवामा पहिलो तीन ओटा कारोबार निःशुल्क गरेका छौँ,” हाम्रो पात्रो इंककी फिनटेक निर्देशक सुदीना गौतमले भनिन्, “यो अफर अन्तर्गत अस्ट्रेलियामा रहेका नेपालीहरूले हाम्रो पात्रोमार्फत तीन पटकसम्म रेमिटेन्स पठाउँदा कुनै शुल्क लाग्दैन ।”

Royal Enfield
nic asia capital

यससँगै अस्ट्रेलियामा रहेका नेपालीहरूले झन्झटरहित रूपमा छिटो र छरितो ढङ्गले नेपालमा रेमिटेन्स पठाउन सक्ने भएका छन् । हाम्रो पात्रो एपभित्रबाट यो रेमिटेन्स सेवा प्रयोग गर्न सकिन्छ । कम्पनीले पूर्ण रूपमा डिजिटल तथा नगदरहित सेवाको रूपमा यो सेवा सुरु गरेको हो ।

“हाम्रो ध्यान पारदर्शी र प्रयोगकर्तामैत्री डिजिटल कारोबारको सुविधा उपलब्ध गराउने तर्फ रहेको छ,” गौतमले भनिन्, “यो सेवा अस्ट्रेलियामा विस्तार गर्न पाउँदा अत्यन्तै उत्साहित छौँ ।” कम्पनीले विश्वको रेमिटेन्स सेवालाई सरल र सहज बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

हाम्रो पात्रोको एपमा जाने बित्तिकै त्यहाँ रेमिटेन्स अप्सन देख्न सकिन्छ । त्यसमा थिचेर ग्राहकले रजिस्टर गरी आफ्नो फोटो र आवश्यक अन्य कागजात राखेर केवाईसी भरिफाई ९प्रमाणीकरण० गराउनु पर्ने हुन्छ ।

अकाउन्ट भरिफाई गरेसँगै हाम्रो पात्रोको रेमिटेन्स सेवा प्रयोग गर्न सकिन्छ । कम्पनीले क्रमशः अन्य देशहरूमा समेत आफ्नो रेमिटेन्स सेवा विस्तार गर्ने योजना बनाएको छ । त्यस अनुरूप आउँदो नयाँ वर्षसम्म हाम्रो पात्रोको रेमिटेन्स सेवा जापानमा समेत सुरु हुने अपेक्षा गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
553SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?