National life
cg eloctronics

'आइएमई पे'मार्फत पानी र इन्टरनेटको बिल भुक्तानी गर्दा भारी छुट

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१९ भदौ २०८०, मङ्गलबार
1KShares
'आइएमई पे'मार्फत पानी र इन्टरनेटको बिल भुक्तानी गर्दा भारी छुट
muktinatha bikash bank

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट 'आइएमई पे' ले हालै सार्वजनिक गरेको ‘Wicket to Win’ नामक अभियान अन्तर्गत अर्को नयाँ अफर सार्वजनिक गरेको छ । भदौ १९ देखी असोज १८ सम्म चल्ने सो अफर अन्तर्गत सेवाग्राहीले आफ्नो इन्टरनेट तथा पानीको बिल भुक्तानी आइएमई पे मार्फत गर्दा रु १०० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

सो छुट प्राप्त गर्नको लागि, सेवाग्राहीले पानी को बिल भुक्तानी गर्ने क्रममा ‘WATER’ प्रोमो कोड राख्नु पर्नेछ भने इन्टरनेटको बिल भुक्तानी क्रममा ‘INTERNET’ प्रोमो कोड राख्नु पर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

अफर अन्तर्गत सेवाग्राहीले पानीको प्रोमो कोड अफर अन्तराल भरी जती चोटि पनि प्रयोग गर्न सक्नेछन् । साथै इन्टरनेटको प्रोमो कोड भने अफर अन्तराल भरी एक जना ग्राहकले एक चोटि मात्र प्रयोग गर्न सक्नेछन् ।

‘आइएमई पे' ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास-लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?