काठमाडौँ । आई.एम.ई. लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गोंगबु शाखाले मिति बैशाख २५ गते एक कार्यक्रमको बीच आफ्नो बिमितलाई मृत्यु दाबी भुक्तानी गरेको छ ।
कम्पनीका बिमित ईश्वरीपुर नगरपालिका वडा नं ०४, सर्लाहीका रामचन्द्रमहरा चमारको असामाहिक मृत्यु भएकोले उनको श्रीमती राम सोनारी देवी चमारलाई मृत्यु दाबी भुक्तानी बापतको रकम प्रदान गरेको हो ।
उक्त कार्यक्रममा टोखा नगरपालिका वडा नं ०९ का वडा अध्यक्ष श्री राम भक्त घिमिरे र आई.एम.ई.लाइफ इन्स्योरेन्सको बाग्मती प्रदेशका प्रदेश प्रमुख चन्द्रप्रसाद भट्टराईद्वारा संयुक्त रूपमा मृतकको श्रीमतीलाई १० लाख ७८ हजार रुपैयाँ को दाबी भुक्तानी प्रदान गरिएको हो ।
सो कार्यक्रममा कम्पनीको कर्पोरेट कार्यालयका सेल्स एण्ड मार्केटि∙ विभागका सुनिल अधिकारीले दाबी भुक्तानी सम्बन्धी पत्र समेत पढेर सुनाएका थिए ।
साथै, गोंगबुका चिफ एजेन्सी म्यानेजर राजु गिरिले बिमित मृतकको भौतिक क्षतिलाई परिपुर्ति गर्ने नसकिए पनि आर्थिक क्षतिलाई कम गराउन आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नियम अनुसार मृत्यु दाबी भुक्तानी गरिएको बताए । उक्त कार्यक्रमको संचालन गोंगबु क्षेत्रका क्षेत्रिय शाखा प्रबन्धक पुरुषोत्तम पण्डितले गरेका हुन ।






































