काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ। सोमबार १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार पनि सोही भाउमा कारोबार भइरहेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजाबी सुन १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, मंगलबार चाँदी प्रतितोला १ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस सुन २ हजार ३२८ दशमलव १८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २६ डलर ८८ पैसामा कारोबार भइरहेको छ ।


































