National life

‘एनआईबिएल स्टेबल फण्ड’को इकाई बाँडफाँड सम्पन्न,कति छ आवेदन संख्या ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ माघ २०८०, बुधबार
663Shares
‘एनआईबिएल स्टेबल फण्ड’को इकाई बाँडफाँड सम्पन्न,कति छ आवेदन संख्या ?
ncell

काठमाण्डौ । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत ‘एनआईबिएल स्टेबल फण्ड’को इकाई बाँडफाँड भएको छ ।

एनआइएमबि एस क्यापिटल लिमिटेड योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड कोष प्रवद्धक रहेको उक्त ‘एनआईबिएल स्टेबल फण्ड’को

बाँडफाँड आज बिहान बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको लाजिम्पाटस्थित कार्यालायमा सम्पन्न भएको हो।

उक्त योजनामा ३९ हजार २७१ जना आवेदकहरुबाट ९ करोड ५८ लाख ४९ हजार १६० इकाईका लागि रितपूर्वक आवेदन प्राप्त भएको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको भनाई छ ।

विद्यमान ‘सामूहिक लगानी कोष निर्देशिका, २०६९’भएको व्यवस्था बमोजिम योजनाको आकारको अधिकतम २५ प्रतिशत सम्मको इकाई बाँडफाँड गर्न सकिने हुँदा इकाई खरिदका लागि रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरुलाई निजहरुले माग गरे बमोजिम नै प्रदान गरिएको क्यापिटलले जनाएको छ ।

Royal Enfield
nic asia capital

उक्त इकाई बाँडफाँड गरी बीज पूँजी सहित योजनाको आकार १ अर्ब १३ करोड अर्थात ११ करोड ३० लाख इकाई कायम गरिएको छ । बन्दमुखी योजनाको बीज पूँजी सहित अंकित मूल्य रु १० दरका १० करोड इकाई गत माघ २ गतेदेखि माघ १६ गतेसम्म सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
663SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?