National life

एनएमबि बैंकको लैङ्गिक समता तथा सामाजिक समावेशीकरण योजना सार्वजनिक 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ फागुन २०८०, सोमबार
493Shares
एनएमबि बैंकको लैङ्गिक समता तथा सामाजिक समावेशीकरण योजना सार्वजनिक 
ncell

काठमाडौँ। समावेशी र समतामूलक समाज निर्माणका लागि एनएमबि बैंकले आफ्नो प्रतिबद्धतालाई प्रवद्र्घन गर्दै लैङ्गिक समता तथा सामाजिक समावेशीकरण योजना सार्वजनिक गरेको छ।

बैंकको उक्त नीतिले समाजमा विविधता प्रवद्र्घन, सीमान्तकृत समुदायलाई सशक्तीकरण र समुदायमा लैङ्गिक समानतालाई प्रोत्साहन गरेको उल्लेख छ।

यो योजनाले समग्र बैंकिङ्ग प्रणाली लगायत आफ्ना कर्मचारी,ग्राहक वर्ग र समुदायका विभिन्न आवश्यकताहरू पूरा गर्दै पहुँचयोग्य, समावेशी र उत्तरदायी बैंकिङ्ग वातावरण सिर्जना गर्न मद्दत पुर्‍याउने विषयमा बैंक विश्वस्त रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकले लैङ्गिक समता र सामाजिक समावेशीकरण योजना कार्यान्वयन गर्दै, महाराजगन्ज, ठैव, नक्साल, महेन्द्र चोक, लुभु र वीरगन्ज स्थित शाखाहरूमा फरक ढङ्गले सक्षम ग्राहकहरूलाई व्हिलचेर र्‍याम्प पनि स्थापना गरेको छ ।

Royal Enfield
nic asia capital

साथै, महिला नेतृत्व विकास गर्न देशभर महिला नेतृत्व कार्यक्रम समेत सुरुवात गरिसकेको बताइएको छ । महिला उद्यमीहरूलाई प्रोत्साहन गर्न बैंकले विशेष सुविधासहितको आकर्षक कर्जा पनि उपलब्ध गराएको छ ।

बैंकले सुन्दर सुदूरपश्चिम बचत खाता, कर्णाली विशेष बचत खाता, लुम्बिनी बचत खाता, मेरो गण्डकी बचत खाता, अपन एनएमबि बचत खाता, पाथीभरा बचत खाता लगायतका प्रदेश केन्द्रित बचत खाताहरू चल्तीमा ल्याइसकेको छ ।

यो समाचार शेयर गर्नुहोस्
493SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?