काठमाडौं । एनएमबि बैंकले एनएमबि होम लोनमा ८.९२ प्रतिशतबाट सुरुहुने आकर्षक फ्लोटिंग ब्याजदर उपलब्ध गराएको छ।
एनएमबि होम लोनको साथ ग्राहकले फ्लोटिंग दरको लचिलोपनको आनन्द लिन सक्छन्। सपनाको घर सुरक्षित गर्दा ग्राहकले सम्भावित बजार उतार-चढावबाट फाइदा लिन सक्ने बैंकले विश्वास व्यक्त गरेको छ।
बैंकले भनेको छ, "घर किन्नु वा निर्माण गर्नु मानिसहरूका लागि महत्त्वपूर्ण कोसेढुंगा हो र यो सपना साकार पार्न उत्तम सेवा प्रदान गर्न बैंक प्रतिबद्ध छ।'
एनएमबी बैंकले हाल देशभरी २ सय १ शाखाहरु, १ सय ८७ एटीएमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।
































