National life

कालीकोटको मान्मामा प्रभु बैंकको ३०५ औ शाखा सञ्चालनमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ असार २०८१, आइतबार
619Shares
कालीकोटको मान्मामा प्रभु बैंकको ३०५ औ शाखा सञ्चालनमा
ncell

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा कालीकोटमा नयाँ शाखा विस्तार गरेको छ ।

बेंकले असार २ गतेदेखि कालिकोट, खाडाचक्र नगरपालिका–ं.०१ मा स्थित मान्मामा आफ्नो ३०५ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको हो ।

प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बैंकले दाबी गरेको छ ।

बैंकको मान्मा शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकले नेपालभर रहेका आफ्ना ३०५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
619SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?