National life

कीर्तिपुर नगरपालिका माओवादीका उम्मेदवार महर्जनले घोषणा गरे, २८ बुँदे प्रतिबद्धता पत्र

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ मंसिर २०८१, बुधबार
528Shares
कीर्तिपुर नगरपालिका माओवादीका उम्मेदवार महर्जनले घोषणा गरे, २८ बुँदे प्रतिबद्धता पत्र
ncell

काठमाडौँ। कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि नेकपा माओवादी केन्द्रका उम्मेदवार प्राडा.शिवशरण महर्जनले आफ्नो २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

‘नगरपालिकाको संस्थागत सुधार समृद्ध कीर्तिपुरको आधार’ ‘भ्रष्टाचार विरुद्ध निरन्तर अभियान–गोलाकार भित्रको हँसिया हथौडामा मतदान’ भन्ने नारासहित उनले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन्।

यस्तो छ महर्जनको प्रतिबद्धता पत्र

१. स्ववासी वेनिस्सा(लालपुर्जा)को समस्या यथाशीघ्र समाधान गर्न ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

२. फोहोरमैला निःशुल्क सङ्कलन गर्न ।

३. विद्युत् र खानेपानीको न्यूनतम खपत शुल्क मिनाहा गर्न ।

४. घरघरमा खानेपानीको समानुपातिक वितरण तथा सुविधा विस्तार गर्न ।

५. नगरभित्रका सबै स्थानमा सडक सञ्जाल बिस्तार गरी कच्ची सडक रहित सहर बनाउन र यातायात सुलभ बनाउन ।

६. विष्णुदेवी अस्पताललाई भौतिक पूर्वाधारसहित तत्काल २५ शय्याको बनाई नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्न ।

७. स्थानीय उत्पादनलाई ब्राण्डिङ गरी बजारीकरण व्यवस्थित गर्न ।

८. निर्माण सम्पन्न हुन नसकेको खेल मैदानलाई यथाशीघ्र निर्माण गरी प्रयोगमा ल्याउन ।

nic asia capital

९. त्रि.वि. हाताभित्र शिक्षण अस्पताल निर्माण कार्य सम्पन्न गरी कीतिपुरवासीलाई सहुलियतमा उपचार सेवा उपलब्ध गराउन।

१०. त्रि.वि. सँग समन्वय गरी हरेक क्षेत्रमा कीर्तिपुरवासीलाई निश्चित कोटाको व्यवस्था गर्न ।

११. विद्युत्को अव्यवस्थित तार तथा केवल लाइनलाई व्यवस्थित गरी नगरको मुख्य क्षेत्रमा सि. सि. टि.भि जडानसहित सुरक्षित सहर बनाउन ।

१२. नगरपालिकालाई सुशासन सहित भ्रष्टाचार मुक्त बनाउन ।

१३. महिलाहरूलाई स्वरोजगार सहित आत्मनिर्भरता सुनिश्चित गर्न दीर्घकालीन विशेष परियोजना सञ्चालन गर्न ।

१४. नगरभित्रका सबै शिक्षालयमा प्राविधिक शिक्षा लागु गरी युवाहरूलाई स्वरोजगारमुखी र स्वावलम्बी बनाउन ।

१५. पुष्पलालपार्क–चम्पादेवी हुँदै हेटौँडा जाने बाटो निर्माण गर्न ।

१६. अपाङ्गता (बौद्धिक, मानसिक र शारीरिक) भएका व्यक्तिहरूलाई पुरस्थापना गर्न । अशक्त अपाङ्गका घर घरमा स्वास्थ्य सेवा दिन ।

१७ नगरपालिका भित्रका सबै भूगोलहरूका समानुपातिक वितरण सुनिश्चित गर्न ।

१८. विकास निर्माणसँग सम्बद्ध कार्यहरूलाई सर्वपक्षीय बनाउन र पारदर्शीरुपमा परिचालन गर्न ।

१९. सतुङगल चोभार (सुख्खा बन्दरगाह) सडक निर्माण गर्न ।

२०. पर्यटन विकासका लागि सांस्कृतिक तथा जातीय संग्राहलय स्थापना गर्न ।

२१. कीर्तिपुर नगरपालिकालाई लागु औषध दुर्व्यसनमुक्त पालिका बनाउन ।

२२. कीर्तिपुरका युवा विद्यार्थीहरुका लागि शैक्षिक ऋण सहज उपलब्ध गर्न ।

२३. सूचना प्रविधिमैत्री कीर्तिपुर सहर निर्माण गरी युवाहरूलाई स्वरोजगारणमुखी बनाउन ।

२४. कीर्तिपुरवासी राष्ट्रियस्तरका खेलाडीहरूलाई मासिक भत्ता सुनिश्चित गर्न ।

२५. बालबालिका तथा युवाहरूलाई खेलकुद क्षेत्रमा पहुँच सुनिश्चित गर्न नगर खेलकुद परिषद् गठन गरी परिचालन गर्न ।

२६. चोभारमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन हल बनाउन ।

२७. कीर्तिपुरलाई छुवाछूतमुक्त नगर सहित सुकुम्वासी मुक्त क्षेत्र बनाउन।

२८. सहकारी पीडितलाई बचत रकम फिर्ता गराउन पहल गर्न ।

यो समाचार शेयर गर्नुहोस्
528SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?