काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
बैंकले संस्थापक शेयरधनी विरेन्द्र कुमार साहको नाममा रहेको १३ लाख ८७ हजार २५८ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
यो शेयर खरिदका लागि हाल कुमारी बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै आवेदन दिनुपर्ने छ । शेयर किन्न चाहने शेयरधनीले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ ।
शेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ ।

































