National life

कुमारी बैंकद्धारा गोर्कणेश्वर नगरमा महिला उद्यमी प्रशिक्षण सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ असोज २०८१, मङ्गलबार
542Shares
कुमारी बैंकद्धारा गोर्कणेश्वर नगरमा महिला उद्यमी प्रशिक्षण सम्पन्न
ncell

काठमाडौं । कुमारी बैंकले काठमाण्डौंको गोकर्णेश्वर नगरपालिकासँगको समन्वयमा नगरका महिला उद्यमीहरुलाई प्रशिक्षण सम्पन्न गरेको छ ।

युसएड साझेदारीमा“देशै भरि बर्षै भरि”उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि उद्यमी प्रशिक्षण अभियान संचालन गरिरहेको बैंकले गोकर्णेश्वर नगरका महिला उद्यमीहरुलाई प्रशिक्षण दिएको हो।

वित्तीय ज्ञान, शीप, मनोवृत्ति तथा व्यवहार विकासबाट मात्रै व्यवहारिक रूपमा वित्तीय साक्षरता प्रवर्द्धन हुने विश्वास लिएको बैंकले यस अभियानमा सर्वसाधारणको विषयगत संवेदनशीलतालार्ई सहजै बुझ्न सकिने गरी विभिन्न क्रियाकलाप गर्दै आएको बताइएको छ।

वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारको अभिनयसहितका सन्देशमूलक भिडियो, सचेतनामूलक सन्देश विकास गरी नियमित रूपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको बैंकले जानकारी दिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

स्थानीयस्तरमा दिएको प्रशिक्षणले आगामी दिनमा समुदायमा आधारित वित्तीय साक्षरता सामग्री विकास गरी समाजमा रहेका व्यावसायिक एवं उद्यमशीलताको संभावनालाई प्रवर्द्धन गर्दै उद्यमशीलता विकासमा टेवा पुग्ने विश्वास बैंकको छ ।

यो समाचार शेयर गर्नुहोस्
542SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?