National life

‘क्रिप्टो माइनिङ’ को सम्भाव्यता अध्ययन गर्न राष्ट्र बैंकलाई सुझाव

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|११ पुस २०८२, शुक्रबार
1.2kShares
‘क्रिप्टो माइनिङ’ को सम्भाव्यता अध्ययन गर्न राष्ट्र बैंकलाई सुझाव
ncell

काठमाडौँ। बैंकिङ्ग क्षेत्र सुधार कार्यदलले नेपालमा क्रिप्टो माइनिङको सम्भाव्यता अनुसन्धान गर्न नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ। डा. रेवतबहादुर कार्कीको नेतृत्वमा गठन गरिएको कार्यदलले राष्ट्र बैंकलाई बुझाएको १३० पृष्ठको प्रतिवेदनमा क्रिप्टो माइनिङ अध्ययनको आवश्यकता औँल्याएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यदलले नेपालमा विद्युत उत्पादन पर्याप्त मात्रामा भइसकेको र उक्त विद्युतको उपयोगका लागि तथा आर्थिक उपार्जनका लागि क्रिप्टो माइनिङलाई नयाँ विकल्पको रूपमा विचार गर्न सकिने सुझाव दिएको छ। विश्वका धेरै देशहरूले क्रिप्टोकरेन्सीमाथिको प्रतिबन्ध हटाइरहेका अवस्थामा नेपाल भने अझै रोकथामको नीति अपनाइरहेको छ।

https://aarthikvoice.com/archives/79808

छिमेकी मुलुकहरू भुटान, भारत र पाकिस्तानले क्रिप्टो क्षेत्रमा पछिल्लो समय ठूलो फड्को मारिरहँदा नेपालले भने विदेशी मुद्रा सञ्चिति बाहिरिने डरले यसमा पूर्ण प्रतिबन्ध लगाउँदै आएको छ । भुटानले बिटक्वाइन माइनिङमार्फत करोडौँ डलर नाफा आर्जन गरिसकेको र पाकिस्तानले छुट्टै ‘क्रिप्टो काउन्सिल’ गठन गरी काम गरिरहेको विश्वव्यापी परिवेशलाई कार्यदलले उदाहरणका रूपमा प्रस्तुत समेत गरेको छ ।

नेपाल राष्ट्र बैंकले प्रविधिमैत्री र नवप्रवर्तनकारी बनेर नियमनका पाटाहरू पहिल्याउनुपर्नेमा प्रतिवेदनले जोड दिएको छ। नियमन गर्न कठिन हुने बहानामा सम्भावनाका ढोका बन्द गर्नुभन्दा यसका लाभ र हानिबारे गहन अनुसन्धान गरी उपयुक्त कानुनी ढाँचा तयार पार्न ढिला भइसकेको कार्यदलको निष्कर्ष छ ।

कार्यदलका सदस्यहरूका अनुसार, क्रिप्टो माइनिङको सम्भाव्यता अध्ययन गरेर विद्युतको उपयोग गर्दै नयाँ आर्थिक लाभको अवसर सिर्जना गर्न सकिन्छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?