National life

खानेपानी तथा सरसफाइको क्षेत्रमा धेरै चुनौतीहरू छन् : मन्त्री यादव

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ मंसिर २०८१, आइतबार
429Shares
खानेपानी तथा सरसफाइको क्षेत्रमा धेरै चुनौतीहरू छन् : मन्त्री यादव
ncell

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले जलस्रोतको दोस्रो धनी देश भनेर चिनिने नेपालमा खानेपानीका लागि जनताले आन्दोलन गर्नुपर्ने अवस्था दुखद् रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघको चौथो अधिवेशनसहितको छैटौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले सुरक्षित खानेपानी आपूर्ति र सरसफाइले आर्थिक उन्नतिको जग निर्माण गर्ने भए तापनि अझै खानेपानी तथा सरसफाइको क्षेत्रमा चुनौतीहरू रहेको बताए ।

उनले नेपालको आर्थिक–सामाजिक विकासमा खोनपानी र सरसफाइ क्षेत्रको महत्त्व सबैलाई थाहा नै भएको भन्दै सुरक्षित खानेपानी आपूर्ति र सरसफाइले आर्थिक उन्नतिको जग निर्माण गर्ने बताए ।

तर अझैपनि खानेपानी तथा सरसफाइको क्षेत्रमा केही चुनौतीहरू यथावत् नै रहेको उनको भनाई छ । उनले खानेपानी तथा सरसफाइको क्षेत्रमा नयाँ सोच र दृष्टिकोणका साथ अगाडि बढ्ने मार्गचित्र महासंघले तयार गरिरहेकामा धन्यवाद दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मन्त्रालय एक्लैले मात्र खानेपानीको समस्या समाधान गर्न नसक्ने भएकाले महासंघ र मन्त्रालयको सहकार्यमा खानेपानीको आपूर्ति गर्न सफल हुने उनको भनाइ छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
429SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?