National life
cg eloctronics

गरिमा क्यापिटलले ‘गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता’ गर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१८ भदौ २०८०, सोमबार
2KShares
गरिमा क्यापिटलले ‘गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता’ गर्ने
muktinatha bikash bank

काठमाडौं । हरितालिका तीजको उपलक्ष्यमा गरिमा क्यापिटलले ‘गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता’ गर्ने भएको छ ।

नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा ‘गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता’ आयोजना गरेको क्यापिटलले जनाएको छ ।

तीज महोत्सव भव्यताका साथ मनाउने उद्देश्यले नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूका लागि भाद्र १७ गते देखि आश्विन ०५ गतेसम्मका लागी ‘गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता’ आयोजना गरेको क्यापीटलले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यस सेल्फी प्रतियोगितामा भाग लिनको लागि इच्छुक सम्पूर्णले यस प्रतियोगितामा सहभागी हुन सक्नेछन् । सहभागीहरुले परम्परागत पोशाकमा लिएको आफ्नो फोटो गरिमा क्यापिटलको आधिकारिक फेसबुक पेजको ‘मेन्सन’ मा पोष्ट गर्नुपर्ने क्यापिटलले जनाएको छ ।

फोटो पोष्ट गर्दा गरिमा क्यापिटल तिज सारिमा सेल्फी, गरिमा क्यापिटल तिज, नेपाली फेस्टीभल र गरिमा क्यापिटल लिमिटेड जस्ता ह्यासट्यागहरू समावेश गर्नुपर्ने क्यापिटलले जनाएको छ । साथै, सहभागीहरुले गरिमा क्यापिटल लिमिटेडको आधिकारिक फेसबुक पेज लाईक र सेयर गर्नुपर्नेछ ।

everest bank

अपलोड भएका फोटोहरु मध्ये उत्कृष्ट ३ सहभागीलाई प्रतियोगिताको बिजेता घोषणा गरी प्रथमलाई ३ हजार, दोस्रोलाई २ हजार र तेस्रोलाई १ हजार नगद उपहार प्रदान गरिने क्यापिटलले जनाएको छ ।

साथै, गरिमा क्यापिटलले हरितालिका तीजको उपलक्षमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?