National life
cg eloctronics

चारदिने बिदाले ढोरपाटनका होटलमा पर्यटक भरिभराउ, बास नपाएपछि सयौं फर्किए

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१६ जेठ २०८३, शनिबार
974Shares
चारदिने बिदाले ढोरपाटनका होटलमा पर्यटक भरिभराउ, बास नपाएपछि सयौं फर्किए
muktinatha bikash bank

ढोरपाटन (बागलुङ)। लगातार चार दिन बिदा हुँदा ढोरपाटन उपत्यकामा पर्यटक बढेका छन्। एकै दिन सयौंको सङ्ख्यामा आन्तरिक पर्यटक पुगेपछि होटल भरिभराउ भएका छन्।

कतिपय पर्यटकहरु होटलमा कोठा नपाएर फर्कनुसमेत परेको छ। बिहीबारदेखि बिदा भए पनि बुधबारबाटै ढोरपाटनका होटल भरिएका थिए। एकै दिन सयौंको सङ्ख्यामा पर्यटक आउँदा होटलमा व्यवस्थापनमा समस्या भएको ढोरपाटन उपत्यका होटल व्यवसायी संघका अध्यक्ष जीवन पुनले बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3

ढोरपाटनमा २७ वटा होटल र १२ वटा घरबास (होमस्टे) छन्। पछिल्लो समय ढोरपाटनको प्रचार व्यापक हुँदा एक/दुई दिन बिदा हुँदा साथ पर्यटक आउने गरेको अध्यक्ष पुनले बताए। गत जेठ १२ गतेबाटै सम्पर्क गरेर आएका पाहुनालाई होटल व्यवसायीले राखे पनि अरूले बास पाउन नसकेको उनको भनाइ छ।

everest bank

‘एकै पटक लामो बिदा भएर होला पाहुना थामिनसक्नु आउनुभएको छ। वरपरका खाली घरहरु पनि भरिएका छन्, होटल, होमस्टे कुनै पनि खाली छैनन्,’ अध्यक्ष पुनले भने, ‘मेरो सम्पर्कमा आएकै करिब एक सय जना पर्यटकले बास नपाएर फर्किनुभयो। अरू व्यवसायी साथीहरुको सम्पर्कमा आउनुभएका पाहुना पनि धेरैनै फर्किनु पर्‍यो। अब ढोरपाटन आउने पाहुनाले होटलको अवस्था बुझेर मात्रै आउन आग्रह गर्छौं।’

ढोरपाटनमा एक रातमा ७०० जना पाहुन राख्न सक्ने होटल तथा होमस्टेको क्षमता छ। तर त्योभन्दा झन्डै दोब्बर बढी पर्यटक आउँदा व्यवस्थापन गर्न समस्या भएको होटल व्यवसायी शिवराज कँडेलले बताए। अरू बेला पनि पर्यटक यहाँ आइरहेकै हुन्। तर, अहिले बिदाले गर्दा एकै दिन हजार बढी पर्यटक ढोरपाटनमा आएको उनको भनाइ छ।

आफूले ८० जना पाहुना राखेको सुनाउँदै २०० जनालाई अन्य होटलमा पठाउनु परेको कँडेलले बताए। यतिबेला पर्यटकको भीडभाड हुँदा ढोरपाटनमा मेला लागेजस्तो भएको छ। आएका पाहुनालाई फर्काउने चाहना नहुँदा नहुँदै पनि फर्काउन बाध्य भएको कँडेल बताउँछन्।

पछिल्लो समय बुर्तिबाङ–ढोरपाटन सडक व्यवस्थित बनेपछि यहाँ आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको हो। बुर्तिबाङ बजारदेखि करिब एक घण्टामै ढोरपाटन पुग्न सकिन्छ। गत वर्षसम्म सडकको दूरावस्था थियो।

गुल्मीबाट शुक्रबार दिउँसो ढोरपाटन आएका महेश खड्काले होटल नपाएपछि बुर्तिबाङ बजार झरेर बस्नु परेको सुनाए। १३ जनाको समूहमा तीन दिन घुम्ने योजनासहित आएको भन्दै होटलमा बास नपाएपछि एकै दिनमा फर्किनु परेको गुनासो गरे। बिहीबार ढोरपाटन पुगेकाहरुले मात्रै होटल पाएको खड्काले बताए।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले यो याममा बेँसी क्षेत्रमा गर्मी हुने हुँदा ढोरपाटनमा शीतल खोज्दै धेरै पर्यटक आउने गरेको बताए। एकै पटक धेरै संख्यामा पर्यटक आउँदा खाना, बस्न र अन्य व्यवस्थापनमा समस्या हुने भएकाले यता घुम्ने योजना बनाएकाहरुले होटल व्यवसायीसँग सम्पर्क गरेर आए सहज हुने उनको भनाइ छ।

यो समाचार शेयर गर्नुहोस्
974SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?