National life

चार महिनामा बैंकहरुले कमाए २२ अर्ब बढी खुद नाफा, कुन बैंकको कति?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ मंसिर २०८१, मङ्गलबार
1.2kShares
चार महिनामा बैंकहरुले कमाए २२ अर्ब बढी खुद नाफा, कुन बैंकको कति?
ncell

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा वाणिज्य बैंकहरुले २२ अर्ब बढी खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्मको तथ्याङ्क हेर्दा सो अवधिमा बैंकहरुले २२ अर्ब २९ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् । गत असोज मसान्तसम्ममा बैंकहरुले १६ अर्ब १८ करोड ९४ लाख रुपैयाँ नाफा कमाएका थिए ।

यस अवधीमा नबिल बैंकले सबैभन्दा बढी नाफा कमाएको छ । चार महिनामा नबिलले २ अर्ब ६९ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ । यो असोजसम्मको तुलनामा भने ६.३४ प्रतिशत बढी हो । कात्तिकमा मात्रै नबिलले ६३ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै नाफाका आधारमा दोस्रोमा रहेको ग्लोबल आइएमईले चार महिनामा २ अर्ब ११ करोड ४० लाख रुपैयाँ कमाएको छ । कात्तिकमा मात्रै बैंकले ६० करोड १९ लाख रुपैयाँ नाफा कमाएको हो । तेस्रो सुचीमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ८२ करोड ९ लाख रुपैयाँ नाफा कमाएको छ । कात्तिकमा मात्रै बैंकले ३५ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको हो ।

यस्तै, चौंथो स्थानमा रहेको प्राइमले पनि चार महिनामा १ अर्ब ६२ करोड ६४ करोड कमाएको छ । त्यस्तै, कुमारीले पनि १ अर्ब ५९ करोड ४ लाख, एभरेष्टले १ अर्ब ५० करोड ९३ लाख, एनएमबिले १ अर्ब ४८ करोड ३२ लाख, प्रभूले १ अर्ब २३ करोड १० लाख, स्ट्याण्डर्ड चार्टर्डले १ अर्ब १३ करोड ७३ लाख, लक्ष्मी सनराइजले १ अर्ब ६ करोड ९४ लाख र नेपाल एसबिआईले १ अर्ब ७१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

यसका साथै चालु आवको पहिलो चार महिनामा नेपाल बैंकले ९३ करोड ८८ लाख, हिमालयन बैंक ९१ करोड ८८ लाख, माछापुच्छ्रे ६८ करोड ९७ लाख, सिद्धार्थले ६६ करोड ७८ लाख, सानिमाले ६५ करोड १३ लाख, राष्ट्रिय वाणिज्यले ५५ करोड २७ लाख, सिटिजनले ४३ करोड ८६ लाख र एनआइसी एशियाले ३८ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

यसअवधीमा कृषि विकास बैंकको नाफा भने २२ करोड ७७ लाख रुपैयाँ ऋणात्मक देखिएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?