National life

चार महिनामा सोयाबिन तेलको निर्यात १२७% वृद्धि, निर्यातमा एकाग्रता

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१४ मंसिर २०८२, आइतबार
538Shares
चार महिनामा सोयाबिन तेलको निर्यात १२७% वृद्धि, निर्यातमा एकाग्रता
ncell

काठमाडौं । चालु आर्थिक वर्ष (साउन–कात्तिक) को पहिलो चार महिनामा नेपालको सोयाबिन तेलको निर्यात १,२७ प्रतिशतले बढेर ३८ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। गत वर्षभर (१२ महिना) जम्मा ३ अर्ब ४१ करोड रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात भएकोमा, यस अवधिमा मात्र गत वर्षभरको भन्दा ३५ अर्ब २ करोड रुपैयाँ बढी निकासी भएको छ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार कात्तिकसम्ममा नेपालले गरेको कुल ९३ अर्ब ४९ करोड रुपैयाँको वस्तु निर्यातमध्ये सोयाबिन तेलले मात्र ४१.१ प्रतिशत हिस्सेदारी ओगटेको छ।

Royal Enfield
nic asia capital

सोयाबिन तेलपछि निर्यातमा दोस्रो स्थानमा धागो (यार्न) रहेको छ, जसको हिस्सा ४.५ प्रतिशत र कुल निकासी ४ अर्ब २३ करोड रुपैयाँ रहेको छ। तेस्रो स्थानमा रहेको ऊनी गलैंचाको निर्यात भने ९.३६ प्रतिशतले घटेर ३.५ प्रतिशतमा सीमित भएको छ। त्यस्तै, फलामे उत्पादनको निर्यातमा ७२.७४ प्रतिशत र प्लाइउडको निर्यातमा ५७.६० प्रतिशतले ठूलो गिरावट आएको छ।

तर, जुट तथा जुटका उत्पादनको निर्यात ५१.०१ प्रतिशत, ऊनी फेल्टका उत्पादन ९.०५ प्रतिशत र जुस ९.६२ प्रतिशतले वृद्धि भएको छ। सोयाबिन तेलसँगै पाम तेलको निर्यात ३४९.८३ प्रतिशत र सूर्यमुखी तेल ८१.५७ प्रतिशतले वृद्धि भएको छ। यी तीनवटा तेलजन्य वस्तुहरूले कुल निर्यातमा ४६.६ प्रतिशत योगदान पु¥याएका छन्।

विशेषज्ञहरूले एकै प्रकारको वस्तुमा निर्यात अत्यधिक केन्द्रित हुनुले व्यापारमा जोखिम बढाउने चेतावनी दिएका छन्। विविधीकरण र मूल्य अभिवृद्धि भएका कृषिजन्य तथा अन्य उत्पादनको निर्यातमा जोड दिनुपर्ने सुझाव पनि दिइएको छ।

यो समाचार शेयर गर्नुहोस्
538SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?