National life

चालु आर्थिक वर्षको चार महिनामा राजस्व संकलन स्थिर, आयकरमा ६ अर्ब गिरावट

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०१ मंसिर २०८२, सोमबार
949Shares
चालु आर्थिक वर्षको चार महिनामा राजस्व संकलन स्थिर, आयकरमा ६ अर्ब गिरावट
ncell

काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो चार महिनामा सरकारको मुख्य आम्दानी राजस्व संकलन गत वर्षकै तुलनामा स्थिर देखिएको छ। तर आयकर शीर्षकको संकलन करिब ६ अर्ब रुपैयाँ कम भएको छ।

आन्तरिक राजस्व विभागका अनुसार, गत आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा आयकर संकलन ६६ अर्ब ९३ करोड ८३ लाख रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ६१ अर्ब १५ करोड २५ लाख रुपैयाँ मात्र संकलन भएको छ।

त्यस्तै, कुल राजस्व संकलन गत वर्षको चार महिनामा ३ खर्ब २३ अर्ब रहेकोमा चालु वर्षमा ३ खर्ब २६ अर्ब पुगेको छ।

Royal Enfield
nic asia capital
अर्थ मन्त्रालयका अनुसार, चार महिनाको अवधिमा सरकारी राजस्व र अन्य आम्दानी मिलाएर कुल प्राप्ति ३ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ।

यसैबीच, चालु आर्थिक वर्षको चार महिनामा सरकारको कुल खर्च ४ खर्ब ६८ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। यसले बजेट असन्तुलन र खर्चको दबाब बढिरहेको संकेत गर्दछ।

यो समाचार शेयर गर्नुहोस्
949SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?