National life

जाजरकोटमा भूकम्पमा ज्यान गुमाएका आफन्तलाई बिमावापत रकम दिन सुरु

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२० मंसिर २०८०, बुधबार
553Shares
जाजरकोटमा भूकम्पमा ज्यान गुमाएका आफन्तलाई बिमावापत रकम दिन सुरु
ncell

काठमाडौँ । गत कात्तिक १७ गते जाजरकोटको बारेकोट९१ रामिडाँडा केन्द्र बनाएर गएको भूकम्पबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई बिमाबापतको रकम हस्तान्तरण प्रक्रिया सुरु भएको छ।

नलगाड नगरपालिकाकामा ५६ मृतकमध्ये २९ जनाको परिवारलाई रकम हस्तान्तरण गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं कृष्णबहादुर जिसीले जानकारी दिएका छन् ।

उनका अनुसार प्रतिमृतक २ लाखका दरले रकम वितरण गरिएको हो। क्रमशः सबै पालिकामा गएर अबको तीन देखि चार दिनमा बिमाबापत रकम वितरण गरिसक्ने कार्यक्रम तय भएको जिसीले बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रदेश सरकारले कर्णालीमा बसोबास गर्ने नागरिकका लागि यसअघि नै प्राकृतिक दुर्घटना बिमा गर्ने कार्यक्रम अघि सारेको थियो। सोही कार्यक्रमअन्तर्गत बिमा रकम वितरण गरिएको जिसीको भनाई छ ।

भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी १ सय ५० भन्दा बढीको मृत्यु भएको थियो। ‘एकै परिवारका चार जनाको मृत्यु भएको छ। मृतकका परिवारलाई ८ लाख रुपैयाँ दिएका छौँ,’ जिसीले भने, ‘चाँडो रकम वितरण गरेर मृतक परिवारलाई सहयोग पुगोस् भन्ने उद्देश्यसहित रकम वितरण सुरु गरेका हौँ।’

वितरण कार्यमा मन्त्री जिसीसहित बिमा प्राधिकरण कर्णाली प्रदेश प्रमुख पदम सोडारी पनि सहभागी छन्। प्रदेश सरकारले सार्वजनिक संरचना निर्माण तत्काल सुरु गर्ने निर्णय गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
553SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?