National life

जीवन बीमा क्षेत्रको अग्रणी संस्था एलआईसी(नेपाल)२५औँ वर्षमा प्रवेश

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ भदौ २०८२, सोमबार
1.3kShares
जीवन बीमा क्षेत्रको अग्रणी संस्था एलआईसी(नेपाल)२५औँ वर्षमा प्रवेश
ncell

काठमाडौं । जीवन बीमा क्षेत्रको अग्रणी संस्था लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले आजबाट २५औं वर्षमा प्रवेश गर्दै छ । बीमा समितिबाट अगष्ट ७, २००१ मा लाइसेन्स लिई सेप्टेम्बर १, २००१ देखि सेवा सुरु गरेको एल.आई.सी.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नेपालको यात्रा आज देशभरका हजारौं जीवनमा सुरक्षा र भरोसा प्रदान गर्दै निरन्तर अगाडि बढिरहेको छ ।

एल.आई.सी. नेपालले भारतीय जीवन बीमा निगम र नेपालका प्रमुख व्यवसायी समूह विशाल समूहबीचको सहकार्यबाट आफ्नो आधार निर्माण गरेको हो । कम्पनीको ५५% स्वामित्व भारतीय एल.आई.सी.सँग, १०% विशाल समूहसँग र बाँकी ३५% सर्वसाधारणको शेयरमा रहेको छ । यसरी एल.आई.सी. नेपाललाई “ग्लोकल” कम्पनी भनिन्छ – जहाँ विश्वस्तरीय अनुभव र स्थानीय विशेषज्ञताको संयोजन रहेको छ ।

https://aarthikvoice.com/archives/57048

कम्पनीको अध्यक्षमा रत्नाकर पटनायक रहेका छन् भने प्रणय कुमारले प्रमुख कार्यकारी अधिकृतको भूमिकामा निर्वाह गरेर कम्पनीलाई नयाँ उचाइसम्म पु¥याएका छन् । कार्यकारी अधिकृत कुमारसँग ३० वर्षभन्दा बढी समयदेखि बीमा क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।

एल.आई.सी. नेपालको सेवाले साधारण नागरिकदेखि व्यवसायी वर्गसम्म सबैलाई जीवन सुरक्षा र आर्थिक योजना बनाउन सहयोग पुर्‍याएको छ । कम्पनीका विभिन्न उत्पादनहरू जस्तै जीवन उत्सव, जीवन मधुर, माइक्रो एन्डोमेन्ट र टर्म माइक्रो इन्स्योरेन्सले ग्राहकहरूको भविष्य सुरक्षित गर्न ठूलो भूमिका खेलेका छन् । यी योजनाहरूले छोटोदेखि दीर्घकालीन बीमा सेवा र वित्तीय सुरक्षा उपलब्ध गराउने उद्देश्य राखेका छन् ।

कम्पनीका अनुसार एल.आई.सी. नेपालका लागि ग्राहकको भरोसा पहिलो प्राथमिकता हो । २४ वर्षको लामो यात्रा पूरा गरिरहँदा कम्पनीले आम नेपाली र बजार आवश्यकताअनुसार आफ्नो सेवा तथा उत्पादनमा पनि बिस्तार गर्दै आएको छ । यस अवधिमा कम्पनीले बीमाको क्षेत्रमा नवीनतम प्रविधि अपनाउँदै जनचेतना अभिवृद्धि गर्ने अभियानहरू पनि सञ्चालन गरेको छ ।

कम्पनीको हालको चुक्ता पुँजी ५ अर्ब ५० करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा कम्पनीको प्रति शेयर आम्दानी ५ रुपैयाँ ७४ पैसा छ । यस्तै पीई रेसियो १५०.८० रहँदा बुक भ्याल्यु १८७.४७ रहेको छ ।

एलआइसी नेपाल उद्देश्य तथा लक्ष्यहरू

कम्पनीले विभिन्न प्रकारका जीवन बीमा सेवा प्रदान गर्दै नेपाल सरकारको विद्यमान बीमा ऐन, २०७९ र बीमा नियमावली, २०८१ अनुसार जीवन बीमा व्यवसाय सञ्चालन गरी राष्ट्रको आर्थिक विकासमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ । जीवन बीमासम्बन्धी चेतनालाई व्यापक रूपमा फैलाएर सबै बीमायोग्य मानिसहरूसम्म पुग्ने लक्ष्य पनि कम्पनीले लिएको छ । त्यसका साथै बदलिँदो सामाजिक र आर्थिक परिवेशसँगै उत्पन्न हुने समुदायका विभिन्न जीवन बीमाका आवश्यकताहरू पूरा गर्ने पनि कम्पनीको लक्ष्य छ ।

अन्य लक्ष्य तथा उद्देश्य यस प्रकार छन् :


  • मानिसहरूका लागि सम्पूर्ण जीवन, टर्म वा आवधिक जीवन बीमासँग सम्बन्धित कार्यहरू सञ्चालन गर्ने/गराउने ।

  • कोष लगानी गर्दा, बीमालेखधारकहरूको हितलाई पहिलो प्राथमिकतामा राख्ने, जसको पैसा कम्पनीले विश्वासको साथ राखेको हुन्छ ।

  • समुदायको समग्र हितलाई ध्यानमा राखेर राष्ट्रिय प्राथमिकता र आकर्षक प्रतिफलको दायित्वलाई मध्यनजर गर्दै कोषलाई बीमालेखधारक र समुदाय दुवैको हितमा प्रयोग गर्ने ।


  • https://aarthikvoice.com/archives/42822

    यो समाचार शेयर गर्नुहोस्
    1.3kSHARES
    machhapuchhre
    shikhar insurance ad

    प्रतिक्रिया

    छुटाउनुभयो कि ?