National life

ट्रेडरहरुले नाफा बुक गर्दा बजार प्रभावित: ६ अर्ब नजिक कारोबार, १० सूचक राताम्य

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ कात्तिक २०८१, बुधबार
538Shares
ट्रेडरहरुले नाफा बुक गर्दा बजार प्रभावित: ६ अर्ब नजिक कारोबार, १० सूचक राताम्य
ncell

काठमाडौँ । यस साता अर्थात् तिहार अगाडिको अन्तिम कारोबारका दिन शेयर बजारमा गिरावट आएको छ । लगातार २ दिनसम्म हरियाली छाएको बजारमा साताको चौथो कारोबारका दिन दोहोरो अंकको गिरावट आएको छ ।

बुधवारका दिन नेप्से सूचक १४.४३ विन्दुले घटेर २६७७.६२ अंकमा अडिएको छ। २ दिनमा ७४ अंकले बढेको सेयर बजारमा बुधवारका दिन भने करेक्सन आएको छ। ट्रेडरहरुले नाफा बुक गर्दा बजार प्रभावित भएको अनुमान गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लाभांशको सिजन चलेको समयमा सूचीकृत कम्पनीहरूले धमाधम लाभांश घोषणा गरिरहेका छन्। लगानीकर्ताले सकेसम्म सबल वित्तीय सूचक भएका, लाभांश क्षमता राम्रो रहेका कम्पनीहरूमा जोखिम बहन क्षमतालाई समेत मध्यनजर गर्दै लगानी गर्न सके लाभ लिन सक्ने सम्भावना अधिक रहन्छ ।

यस दिन ३०५ कम्पनीको १ करोड २० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ भने ५ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । करिब आधा दर्जन कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये ३ वटा समूहका सूचक मात्र हरिया देखिएका छन् ।

निर्जीवन बीमा ०.४९ र व्यापार समूह ०.३२ प्रतिशत बढेको छ । लगानी समूह सबैभन्दा धेरै १.४१ प्रतिशत घटेको छ। बैंकिङ ०.७२, विकास बैंक ०.४३, फाइनान्स १.०२, हाइड्रोपावर ०.३३, जीवन बीमा ०.९८, उत्पादन ०.९६, माइक्रोफाइनान्स ०.१४ र अन्य समूह ०.७४ प्रतिशत घटेको छ ।

nic asia capital

यो समाचार शेयर गर्नुहोस्
538SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?