National life

तीन महिनामै निर्यात ८९.६% ले बढ्दा व्यापार घाटा १२.२% ले वृद्धि : अर्थतन्त्रमा दवाव

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०२ मंसिर २०८२, मङ्गलबार
1KShares
तीन महिनामै निर्यात ८९.६% ले बढ्दा व्यापार घाटा १२.२% ले वृद्धि : अर्थतन्त्रमा दवाव
ncell

काठमाडौं । नेपालको निर्यात व्यापारमा उल्लेखनीय सुधार देखिएको छ।आर्थिक वर्ष २०८२र८३ का पहिलो तीन महिनामा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार यस अवधिमा देशको कुल निर्यात ८९.६ प्रतिशतले बढेर ७२ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा भने निर्यात ६.१ प्रतिशतले घटेको थियो।

Royal Enfield
nic asia capital
गन्तव्य मुलुकका आधारमा हेर्दा भारततर्फको निर्यातमा १३७.९ प्रतिशतको उच्च वृद्धि भएको छ। तेस्रो मुलुकतर्फको निर्यात ३.८ प्रतिशतले बढेको छ भने चीनतर्फको निर्यात ६६.१ प्रतिशतले कम भएको तथ्यांकमा उल्लेख छ ।

वस्तुगत रूपमा भटमासको तेल,पाम तेल, जुटजन्य उत्पादन, अलैंची र पोलिस्टर धागो जस्ता वस्तुको निर्यात उल्लेख्य रूपमा बढेको छ। यता जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, पिना लगायतका वस्तुको निर्यात भने घटेको तथ्यांकमा उल्लेख छ।

यही अवधिमा कुल वस्तु आयात पनि १९.८ प्रतिशतले बढेर ४६८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा आयात ४.२ प्रतिशतले घटेको थियो। मुलुकगत रूपमा भारतबाटको आयात ७.५ प्रतिशत, चीनबाट ३३.४ प्रतिशत तथा अन्य मुलुकबाट ४६.५ प्रतिशतले वृद्धि भएको छ।

त्यस्तै, आयात बढेकामध्ये भटमासको कच्चा तेल, रासायनिक मल, सुन, यातायात उपकरण, मोटर सवारी र स्पेयर पार्ट्स तथा दूरसञ्चार उपकरण प्रमुख रहे। त्यसैगरी हट रोल्ड सिट इन क्वाइल, खाने तेल, लसुन, तेलहन तथा पेट्रोलियम पदार्थको आयात भने घटेको छ।

निर्यातभन्दा आयातको वृद्धि दर उच्च रहेकाले देशको कुल व्यापार घाटा १२.२ प्रतिशतले बढेर ३९५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। गत वर्षको पहिलो तीन महिनामा भने व्यापार घाटा ४.० प्रतिशतले घटेको थियो।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?