काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले विजया दशमी २०८२ को अवसरमा असोज १३ देखि १६ गतेसम्म कार्यालय बन्द रहने भए पनि ग्राहकले बीमा सेवासम्बन्धी आवश्यक सहयोग सहजै पाउने व्यवस्था मिलाएको छ।
कम्पनीले जारी गरेको सूचनाअनुसार सो अवधिमा बीमा सेवा तथा बीमा पोलिसी र दाबीसम्बन्धी सेवाका लागि तोकिएका कर्मचारीहरूसँग प्रत्यक्ष सम्पर्क गर्न सकिनेछ।
बीमा सेवाका लागि उमेश श्रेष्ठ (९८४१२८७८७९), बीमा पोलिसीसम्बन्धी सेवाका लागि गिरिजा खड्का (९८४१२८८३५२), मनोज बैद्य (९८५१०५४५७०), विमल काजी श्रेष्ठ (९८४१०३६२२२), हेमेंन्त टकालय (९८४१४९३०७६) सम्पर्क व्यक्तिका रूपमा तोकिएका छन्।
त्यस्तै, दाबीसम्बन्धी सेवाका लागि शुशील थापा (९८४१४५४५५६) र निरोज रेग्मी (९८४१३७०३३९) लाई सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।
एनएलजी इन्स्योरेन्सले दशैंको बिदामा पनि ग्राहकलाई निरन्तर सेवा प्रदान गर्ने उद्देश्यले सम्पर्क व्यक्तिहरूको नाम र नम्बर सार्वजनिक गरेको हो।





































