National life

बीमा पोलिसि सरेण्डर गर्ने सङ्ख्यामा आयो कमी, हेरौ कुन कम्पनीको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ मंसिर २०८०, मङ्गलबार
454Shares
बीमा पोलिसि सरेण्डर गर्ने सङ्ख्यामा आयो कमी, हेरौ कुन कम्पनीको कति ?
ncell

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को कार्तिक महिनामा ६ हजार बढीले बीमा पोलिसी त्यागेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार कार्तिक महिनामा मात्रै ६ हजार ९१ जनाले गरेर ७९ करोड ४९ लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्यागेका हुन् ।

गत असोज महिनामा ९ हजार ९३६ जनाले १ अर्ब १८ करोड २९ लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्यागेको तथ्यांकमा उल्लेख छ । गत असोज महिनाको तुलनामा कम्पनीहरुको पोलिसी सरेण्डर संख्यामा कमी आएको देखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत असोज महिनाको तुलनामा पोलिसी सरेण्डर गर्नेको संख्या ३८ दशमलव ६८ प्रतिशतले घटेको छ ।

प्राप्त तथ्याङक अनुसार संचालनमा रहेका बीमा कम्पनीहरुमध्ये कार्तिक महिनामा नेपाल लाइफको सरेण्डर सर्वाधिक देखिएको छ । गत असोजमा नेपाल लाइफको २६ सय ४९ जनाले २८ करोड ९३ लाख रुपैयाँको पोलिसी समर्पण गरेकोमा उक्त संख्या कमी आई कार्तिक महिनामा १७ सय ७७ जनाले २६ करोड ४३ लाख रुपैयाँको पोलिसी सरेण्डर देखिएको छ।

चालु आर्थिक वर्षको कार्तिक महिनामा राष्ट्रिय जीवन बीमा कम्पनीको ४५० जना बीमितहरुले ४ करोड ६० लाख रुपैयाँ बराबरको पोलिसी समर्पण गरेका छन् । नेशनल लाइफको ३९१ जना बीमितहरुले ६ करोड ३३ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् ।

त्यस्तै, एलआइसी नेपालका ११ सय ५५ जना बीमितहरुले १७ करोड ४५ लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् । मेट लाइफका १६४ जना बीमितहरुले १ करोड ३७ लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् । एशियन लाइफका ९८७ जना बीमितहरुले १२ करोड १९ लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् भने आइएमई लाइफका ६५ जना बीमितहरुले ४८ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् ।

क्रमशः सन नेपाल लाइफका ५१ जना बीमितहरुले ६० लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका छन् । रिलायबल नेपाल लाइफका ७३ जना बीमितले ४० लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । सिटिजन लाइफका १५३ जना बीमितहरुले ८३ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । सूर्यज्योति लाइफका १९७ जना बीमितहरुले २ करोड ८४ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् ।

सानिमा रिलायन्स लाइफका ९३ जना बीमितहरुले ९७ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । हिमालयन लाइफका ४७७ जना बीमितहरुले ४ करोड २६ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । प्रभु महालक्ष्मी लाइफका ५८ जना बीमितहरुले ६८ लाख रुपैयाँको पोलिसी त्यागेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
454SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?