National life

धितोपत्र बोर्डबाट सनी सेक्यूरिटिजले पायो धितोपत्रसम्बन्धी पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०६ भदौ २०८०, बुधबार
438Shares
धितोपत्र बोर्डबाट सनी सेक्यूरिटिजले पायो धितोपत्रसम्बन्धी पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स
ncell

काठमाडौं । सनी सेक्यूरिटिजले धितोपत्रसम्बन्धी पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स पाएको छ । सनी सेक्यूरिटिज कम्पनी (ब्रोकर नं. ४२) ले धितोपत्र बोर्डबाट बुधबार धितोपत्रसम्बन्धी पूर्ण कार्य गर्ने धितोपत्र दलाल अनुमति (ब्रोकर लाइसेन्स) प्राप्त गरेको छ ।

कम्पनीका अनुसार पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स प्राप्तभएपछि कम्पनीले लगानी परामर्श सेवा, लगानी व्यवस्थापन, मार्जीन कारोबारलगायतका सेवाहरु उपलब्ध गराउनेछ ।

Royal Enfield
nic asia capital

२०६४ सालमा १ करोड ६० लाख चुक्ता पूँजीबाट आफ्नो कारोबार शुरु गरेको कम्पनीले आवश्यकताअनुसार चुक्तापूँजी वृद्धि गर्दै हाल आफ्नो चुक्ता पूँजी ६० करोड पुर्याईएकाे छ ।

पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स लिने क्रममा कम्पनीलाई साथ र सहयोग प्रदान गर्ने सम्पूर्ण नियामक निकाय, शेयर लगानीकर्ता, शुभेच्छुक तथा ग्राहकवर्गमा कम्पनीका कार्यकारी अध्यक्ष सन्तोष पौडेलले आभार व्यक्त गरे ।

उनले भने, ‘पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स प्राप्त गरेसँगै कम्पनीको जिम्मेवारी र दायित्व पनि थपिएको छ । अब हामी थप जिम्मेवार बन्दै सम्पूर्ण शेयर लगानीकर्तालाई उच्चतम सेवा प्रवाह गर्नेछौँ ।’

 

यो समाचार शेयर गर्नुहोस्
438SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?