काठमाडौं । नबिल बैंकमा विभिन्न ६ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको छ ।
बैंकमा सबैभन्दा ठूला सेयरधनी एन.बी.(ईन्टरनेशनल) लिमिटेड हो । एन.बी. इन्टरनेशनलको ३९.४४ प्रतिशत अर्थात् १० अर्ब ६७ करोड ६ लाख २४ हजार २८४ रुपैयाँको सेयर स्वामित्व छ । त्यसै गरी आइएफआईसी बैंक पी.एल.सी, बङ्गलादेशको २ करोड १० लाख १७ हजार २६४ कित्ता अर्थात ९.७७ प्रतिशत, राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग २ करोड ६ लाख ३६ हजार ९८६ कित्ता अर्थात ७.६३ प्रतिशत, मुथुट फाइनान्स लिमिटेड भारतको ११ लाख ९८ हजार ५३१ कित्ता अर्थात ०.४४ प्रतिशत, नेपाल स्टक एक्सचेन्ज लिमिटेडको ७ लाख १२ हजार ३४० कित्ता अर्थात ०.२६ प्रतिशत र अन्य व्यक्ति तथा संस्थाहरुको ७८ लाख ४९ हजार ७८२ कित्ता अर्थात २.९० प्रतिशत सेयर स्वामित्व रहेको छ ।जसमा बैंकका संचालक निर्माण कुमार चौधरीको १८ लाख९७ हजार ४५९ कित्ता सेयर स्वामित्व रहेको छ ।
बैंकमा २ लाख ४४ हजार ३७९ सेयरधनी रहेका छन् । जसमध्ये १ देखि १ सय कित्ता सेयर धारण गरेका १ लाख ५ हजार ४४३ सेयरधनी छन् । यस्तै, १०१ सयदेखि ५ सय कित्ता धारण गरेका ६७ हजार ९ जना, ५०१ देखि १ हजार कित्ता धारण गरेका १५ हजार ९११ सेयरधनी छन् ।
यस्तै, १ हजार १ देखि २ हजार ५ सय कित्ता धारण गरेका ९ हजार ८५७ जना, २ हजार ५०१ देखि ५ हजार कित्ता धारण गरेका ३ हजार ३८३ सेयरधनी, ५ हजार १ देखि १० हजार कित्ता सेयर धारण गरेका १ हजार ४४० सेयरधनी, १० हजार १ देखि २५ हजार कित्ता धारण गरेका १ हजार ५४ सेयरधनी रहेको बैंकले जनाएको छ ।
बैंकका अनुसार २५ हजार १ देखि ५० हजार कित्ता धारण गरेका २३१ सेयरधनी, ५० हजार १ देखि १ लाख कित्ता धारण गरेका ८६ सेयरधनी छन् । अंशमा रहेका सेयरहरू ३९ हजार ९०२ छन् ।



































