National life
cg eloctronics

नागरिक लगानी कोषको नाफामा ९ प्रतिशतले खुम्चियो, कुल खर्च २.७२ प्रतिशतले बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ साउन २०८१, शुक्रबार
509Shares
नागरिक लगानी कोषको नाफामा ९ प्रतिशतले खुम्चियो, कुल खर्च २.७२ प्रतिशतले बढ्यो
ncell

काठमाडौँ । नागरिक लगानी कोष (सीआईटी) ले आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

जस अनुसार कोषको नाफामा ९.९१ प्रतिशतले गिरावट आएको छ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कोषले १ अर्ब १० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कोषको कुल आम्दानी ५.२५ प्रतिशत बढेर १ अर्ब ९२ करोड ४९ लाख ४० हजार रहेको छ समीक्षा अवधिसम्म कुल खर्च २.७२ प्रतिशतले बढेर ४५ करोड ५ लाख रुपैयाँ पुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कोषले अघिल्लो आर्थिक वर्ष भरीमा १ अर्ब २२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। यता, कोषको ब्याज आम्दानी १९.५५ प्रतिशतले बढेर ४२ करोड २५ लाख ६६ हजार रुपैयाँ पुगेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी १.३८ प्रतिशतले बढेर १ अर्ब ४१ करोड १२ लाख रुपैयाँ पुगेको छ ।

यस्तै, असार मसान्तसम्म कोषको प्रतिशेयर आम्दानी आम्दानी २ रुपैयाँ २८ पैसा घटेर २० रुपैयाँ ७५ पैसामा सीमित हुँदा प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ४५ पैसा पुगेको छ। शेयर पुँजी ५ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ रहेको सीआईटीको जगेडा कोषमा १८ अर्ब १५ करोड ३८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष जगेडा कोषमा १३ अर्ब ३६ करोड ८६ लाख रुपैयाँ रहेको थियो।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
509SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?