काठमाडौँ । निर्जीवन बिमा कम्पनीहरूले आर्थिक वर्ष २०८०र ८१ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
सञ्चालनमा रहेका १४ वटा निर्जीवन बिमा कम्पनीमध्ये १३ वटाले वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् भने एक नेको इन्स्योरेन्सले वित्तीय विवरण प्रकाशन गरेको छैन ।
| S.N
| Company Name Ashoj 2080 | Ashoj 2080 | Ashoj 2079 | " |
| 2 | Siddhartha Premier Insurance | 140,061 | 79,518 | 76.14 |
| 3 | Rastriya Beema Company | 137,665 | 53,859 | 155.60 |
| 4 | Shikhar Insurance | 112,414 | 110,941 | 1.33 |
| 5 | Sagarmatha Lumbini Insurance | 57,055 | 29,606 | 92.71 |
| 6 | Himalayan Everest Insurance | 53,490 | 45,374 | 17.89 |
| 7 | Nlg Insurance | 51,460 | 36,556 | 40.77 |
| 8 | lgi prudential Insurance | 51,102 | 30,401 | 68.09 |
| 9 | Prabhu Insurance | 50,672 | 41,781 | 21.28 |
| 10 | United Ajod Insurance | 38,699 | 13,820 | 180.02 |
| 11 | SanimaGic Insurance | 33,779 | 27,155 | 24.39 |
| 12 | Oriental Insurance | 14,908 | 50,928 | -70.73 |
| 13 | National Insurance | 3,758 | 216,054 | -98.26 |
| Total | 891,239 | 798,033 | 11.68 |
यस अवधिसम्ममा १३ निर्जीवन बिमा कम्पनीहरूले ८९ करोड १२ लाख ३९ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरूले ७९ करोड ८० लाख ३३ हजार रुपैयाँ नाफा आर्जन गरेका थिए ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरूको नाफा ११ प्रतिशतले बढेको हो । यस अवधिमा सबैभन्दा धेरै नाफा नेपाल इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ । कम्पनीले यस अवधिमा १४ करोड ६१ लाख ७६ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।
दोस्रोमा सिद्धार्थ प्रिमियम इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा १४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । तेस्रोमा राष्ट्रिय बिमा कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा १३ करोड ७६ लाख ६५ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।
त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनीले यस अवधिमा ११ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ५ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले ५ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले ५ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।
आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ५ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । प्रभु इन्स्योरेन्स कम्पनीले ५ करोड ६ लाख लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । सानिमा जिआईसीले ३ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ ।
नाफा वृद्धिदरलाई हेर्ने हो भने यूनाइटेड अजोड इन्स्योरेन्सले धेरै प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको छ । कम्पनीले ३ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस अवधिमा दुई कम्पनीको नाफा घटेको छ । ओरिएण्टल इन्स्योरेन्स कम्पनी र नेशनल इन्स्योरेन्स कम्पनीको नाफा घटेको छ ।
गत वर्षको तुलनामा नेशनल इन्स्योरेन्सको नाफा ९८ प्रतिशतले घटेर ३७ लाख ५८ हजारमा सीमित भएको छ भने ओरिएण्टल इन्स्योरेन्सको नाफा ७० प्रतिशतले घटेर १ करोड ४९ लाख रुपैयाँ कायम भएको छ ।




































