National life
cg eloctronics

निर्माण व्यवसायसम्बन्धी कर्जा भुक्तानीको अवधि थप, कति समय लम्बियो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ भदौ २०८१, मङ्गलबार
496Shares
निर्माण व्यवसायसम्बन्धी कर्जा भुक्तानीको अवधि थप, कति समय लम्बियो ?
ncell

काठमाडौँ – नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायसम्बन्धी कर्जा भुक्तानीको अवधिलाई थप गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत निर्माण व्यवसायीको कर्जा भुक्तानी अवधि थप गरेको हो ।

राष्ट्र बैंकले एक सूचना जारी गर्दै यस विषयमा जानकारी दिएको हो। निर्माण व्यवसायमा आएको शिथिलतालाई दृष्टिगत गरी परिस्थितिवश समस्यामा परेका निर्माण व्यवसायीसँग सम्बन्धित कर्जाको २०८१ असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने साँवा तथा ब्याजलाई २०८१ मंसिर मसान्तसम्म भुक्तानी गर्न सकिने गरी बैंक तथा वित्तीय संस्थाले समयावधि थप गर्नुपर्ने व्यवस्था गरिएको बैकद्वारा जारी सन्देशमा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाले यस्तो कर्जाको ब्याजलाई पुँजीकरण गर्न तथा कुनै किसिमको पेनाल ब्याज, शुल्क, हर्जाना वा ब्याजको ब्याज लिन पाउँदैनन्। तर, यो थप अवधिभित्र कर्जाको साँवा र ब्याज भुक्तानी नगरेमा बैंक तथा वित्तीय संस्थाले पूर्वनिर्धारित सर्तबमोजिम सम्पूर्ण भाखा नाघेको अवधिको पेनाल ब्याज भने लिन सक्ने व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
496SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?