National life

निषेधित क्षेत्र तोडेर संसद् भवन प्रवेश गरेका लघुवित्त ऋणीहरूलाई मुद्दा चलाउने निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ फागुन २०८०, मङ्गलबार
1.2kShares
निषेधित क्षेत्र तोडेर संसद् भवन प्रवेश गरेका लघुवित्त ऋणीहरूलाई मुद्दा चलाउने निर्णय
ncell

काठमाडौँ। निषेधित घेरा बारलाई तोडेर सङ्घीय संसद् भवनमा प्रवेश गरेका लघुवित्तका ऋणीहरूलाई प्रहरीले मुद्दा चलाउने भएको छ ।

बानेश्वरस्थित संसद् भवनबाट फागुन १४ मा ४८ जना महिला र एक जना पुरुषलाई निषेधित क्षेत्र तोडेको आरोपमा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

साथै उक्त घटनाबारे छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन समेत गरिएको छ । समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयका डीएसपी दिनेश घिमिरे सदस्य छन् ।

Royal Enfield
nic asia capital

पक्राउ गरिएका लघुवित्तका ऋणीहरूलाई मुद्दा चलाइने काठमाडौँका प्रहरी स्रोतको भनाई छ । प्रहरीले  दिएको जानकारी अनुसार अराजक गतिविधिमा संलग्नहरुविरुद्ध मुद्दा चल्ने र अहिले छनोट गर्ने काम भइरहेको छ।’

संवेदनशील क्षेत्रमा प्रवेश गर्न उक्साउने र अराजक गतिविधि गर्नेहरूलाई पहिचान गरेर पक्राउ परेकामध्ये केहीलाई मात्र छाड्ने प्रहरीको तयारी छ । उनीहरुविरुद्ध प्रहरी वृत्त नयाँ बानेश्वरले मुलुकी अपराध संहिता–२०७४ अनुसार सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिने भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?