National life

नेपालको सार्वजनिक ऋण एक महिनामै थपियो ६ अर्ब ४८ करोड ३३ लाख

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ असार २०८१, शुक्रबार
610Shares
नेपालको सार्वजनिक ऋण एक महिनामै थपियो ६ अर्ब ४८ करोड ३३ लाख
ncell

काठमाडौँ । जेष्ठ मसान्तसम्ममा नेपालको सार्वजनिक ऋण २४ खर्ब माथि पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब ३४ करोड ३६ लाख रुपैयाँ पुगेको छ।

प्रस्तुत तथ्याङ्क अनुसार पछिल्लो एक महिनामा मात्रै ६ अर्ब ४८ करोड ३३ लाख रुपैयाँ सार्वजनिक ऋण थपिएको हो । वैशाख मसान्तसम्म सरकारको कुल सार्वजनिक ऋण २३ खर्ब ९३ अर्ब ८६ करोड ३ लाख रुपैयाँ रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जेठ मसान्तसम्म सरकारको कुल सार्वजनिक ऋण मध्ये ५०.३२ प्रतिशत बाह्य तथा ४९.६८ प्रतिशत आन्तरिक ऋण लिएको छ। जस अनुसार जेठ मसान्तसम्ममा बाह्य ऋण १२ खर्ब ७ अर्ब ८६ करोड तथा आन्तरिक ऋण ११ खर्ब ९२ अर्ब ४८ करोड रहेको छ।

सरकारले हालसम्म लिएको वैदेशिक ऋणमा बहुपक्षीय ऋणको हिस्सा ४४.६२ प्रतिशत तथा द्विपक्षीय ऋणको हिस्सा ५.७० प्रतिशत रहेको छ । त्यस्तै हालसम्म लिएको आन्तरिक ऋणमा सबैभन्दा ठुलो हिस्सा विकास ऋणपत्रको रहेको छ।

विकास ऋणपत्र मार्फत ३१.८७ प्रतिशत ऋण उठाएको छ । त्यस्तै ट्रेजरी बिल्स मार्फत १७.१९ प्रतिशत, नागरिक बचत पत्र मार्फत ०.४५ प्रतिशत, आइएमएफ बोन्ड मार्फत ०.१६ प्रतिशत तथा वैदेशिक रोजगार बचत पत्र मार्फत ०.०१ प्रतिशत आन्तरिक ऋण लिएको छ ।

हालसम्मको ट्रेजरी बिलको दायित्व चार खर्ब १२ अर्ब ६९ करोड, नागरिक बचत पत्रको दायित्व १० अर्ब ७५ करोड, वैदेशिक रोजगारी बचत पत्रको दायित्व १७ करोड र आईएमएफ बण्डको दायित्व तीन अर्ब ९१ करोड बराबर छ।

यस्तै, चालु आर्थिक वर्षको ११ महिना अर्थात् साउनदेखि जेठसम्म ३ खर्ब ७ अर्ब ६७ करोड रुपैयाँ सार्वजनिक ऋण संकलन गरेको छ । जसमध्ये २ खर्ब २५ अर्ब आन्तरिक र ८२ अर्ब ६७ करोड रुपैयाँ बाह्य ऋण लिएको छ । चालु आर्थिक वर्षमा ४ खर्ब ५२ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने सरकारको लक्ष्य छ ।

यो समाचार शेयर गर्नुहोस्
610SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?