National life

एक वर्षमै ३ खर्बभन्दा बढी ऋण थपियो, कुल दायित्व २९ खर्ब पार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१५ साउन २०८३, शुक्रबार
1.4kShares
एक वर्षमै ३ खर्बभन्दा बढी ऋण थपियो, कुल दायित्व २९ खर्ब पार
ncell

काठमाडौं । नेपालको सार्वजनिक ऋण दायित्व झन्डै ३० खर्ब रुपैयाँको हाराहारीमा पुगेको छ। आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म कुल ऋण २९ खर्ब ७४ अर्ब ९० करोड रुपैयाँ पुगेको छ, जुन वर्षको सुरुवातमा रहेको २६ खर्ब ७४ अर्ब रुपैयाँभन्दा उल्लेख्य वृद्धि हो। एक वर्षमै करिब ३ खर्ब ८५ करोड रुपैयाँ ऋण थपिएको देखिन्छ।

कुल गार्हस्थ उत्पादन (जीडीपी) सँग तुलना गर्दा सार्वजनिक ऋण ४५.०७ प्रतिशत पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसमध्ये बाह्य ऋणको हिस्सा ५३.७७ प्रतिशत र आन्तरिक ऋण ४६.२३ प्रतिशत रहेको छ। सोही अवधिमा सरकारले ४ खर्ब ४७ अर्ब रुपैयाँभन्दा बढी ऋण उठाएको छ भने ३ खर्ब १३ अर्ब रुपैयाँ साँवा (व्याज बाहेक) फिर्ता गरेको छ।

आन्तरिकतर्फ ऋण दायित्व १३ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ भने बाह्य ऋण १५ खर्ब ९९ अर्ब रुपैयाँ नाघेको छ। लक्ष्यअनुसार आन्तरिक ऋण उठाउने कार्य लगभग पूरा भए पनि बाह्य ऋण संकलन अपेक्षाकृत कम देखिएको छ।

ऋण सेवा (साँवा र व्याज) भुक्तानीतर्फ पनि ठूलो रकम खर्च भएको छ। आर्थिक वर्ष २०८२/८३ मा मात्रै करिब ३ खर्ब ८६ अर्ब रुपैयाँ भुक्तानी गरिएको छ, जुन कुल बजेटको ठूलो अंश हो। जीडीपीको आधारमा हेर्दा ऋण सेवा खर्च ५.८५ प्रतिशत पुगेको छ।

यसैबीच, सेयर र ऋण लगानी पनि वृद्धि भएको छ। २०८३ असारसम्म कुल लगानी ९ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ, जसमा सेयरतर्फ ४ खर्ब १० अर्ब र ऋण लगानी ५ खर्ब ५५ अर्ब रुपैयाँ रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?